दशैं टिकाः शीतल निवास–बालुवाटार कि निर्मल निवास?


Kshamadevi Group


दुई वर्षअघि दशैं टिका लगाउन राष्ट्रपति निवास शीतल निवासमा सर्वसाधारणको लाइन
दुई वर्षअघि दशैं टिका लगाउन राष्ट्रपति निवास शीतल निवासमा सर्वसाधारणको लाइन
सन्देश दुमरु

प्रधानमन्त्री केपी ओलीले शुक्रबार दशमीदेखि पाँच दिनसम्म सर्वसाधारण र कार्याकर्तालाई दशैंको टिका लगाइदिने कार्यक्रम बनाएका छन्।

दशैंंमा प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाइदिने चलन यसअघि थिएन। राष्ट्रपति विद्या भण्डारीले भने २०७३ को दशैंदेखि नै सर्वसाधारणलाई दशैंको टिका लगाइदिएकी थिइन। र, यसपाली पनि राष्ट्रपति भवन शीतल निवासमा टिका लगाइदिने कार्यक्रम राखिएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहले राजाले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने पहिलेदेखिको चलनलाई निरन्तरता दिँदै आएका छन्। यद्यपी पहिले राजासँग टिका लगाउने जस्तो भीड अहिले पूर्व राजाको हातबाट टिका लगाउन हुँदैन। पूर्व राजाका शुभचिन्तक र राजतन्त्रका समर्थकले मात्रै अहिले ज्ञानेन्द्रको हातबाट टिका लगाउने गरेका छन्।

यसपाली सर्वसाधारणले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र पूर्व राजा ज्ञानेन्द्रको हातबाट आफ्नो इच्छा अनुसार टिका लगाउन सक्नेछन्। दशैंको टिका लगाउन शीतल निवास, बालुवाटार वा निर्मल निवास कहाँ जाने भन्ने छनोट गर्न पाइने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले शुक्रबार दशमीका दिन ३ः३० देखि ५ः३० बजे र त्यसपछि कात्तिक ३ देखि ६ गतेसम्म बिहान ९ देखि ११ बजेको समय सर्वसाधारण र कार्यकर्तालाई टिका लगाइदिन छुट्टयाएका हुन्। यद्यपी ‘दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने राजा महाराजहरूको परम्परा पछ्याएको’ भन्दै प्रधानमन्त्री ओलीले आलोचना भइरहेको छ। 

शुक्रबार, दशमीका दिन ओलीको टिका कार्यक्रम
विहान ९ः४५–१० बजेः प्रधानमन्त्री ओलीले पिताजी मोहनप्रसाद ओलीको हातबाट टिका लगाउने।

विहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीको हातबाट टिका लगाउने।

दिउँसो १ बजेः प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका लगाउने।

दिउँसो २ बजेः मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्वद्ध कर्मचारी र सुरक्षाकर्मीहरुले प्रधानमन्त्रीको हातबाट टिका लगाउने।

अपरान्ह ३.३० देखि ५.३० बजेः पार्टी कार्यकर्ता तथा सर्र्वसाधारणले प्रधानमन्त्रीबाट टिका लगाउने।

साँझ ६ बजेः परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टिका लगाउने।

कार्तिक ३ गते, एकादशीदेखि ६ गते चतुर्दशीसम्म विहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्ता र शुभचिन्तक र सर्वसाधारणले प्रधानमन्त्री ओलीको हातबाट टिका लगाउन सक्ने तालिका तय गरिएको छ।

 

प्रकाशित १ कार्तिक २०७५, बिहिबार | 2018-10-18 12:39:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...