झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?




अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

तर मेरो जीवनमा निद्रा एउटा फरक कथा बनेर आएको छ। साँच्चै भन्ने हो भने निद्रा नै मेरो जीवनको शत्रु बनेको छ। म एक शारीरिक प्रशिक्षक हुँ। प्रेमी र दुई साथीसँग नेदरल्याण्डको राजधानी एम्सटरड्याममा बस्छु। म बाहिर घुम्न जान्छु। किनमेलमा जान्छु। मनमा लागेका सबै कुरा गर्छु तर म आफ्नो निद्रालाई भने नियन्त्रण गर्न सक्दिनँ। जता पनि निदाउन सक्छु, जहाँ पनि निदाउँछु।

मलाई 'नार्कोलेप्सी' भन्ने रोग लागेको छ। यो एउटा यस्तो रोग हो जसका कारण शरीर समयको हिसाबसँग अघि बढ्दैन। जतिबेला पनि निद्रा लाग्न सक्छ। मलाई यही रोग लागेको छ। सामान्य मानिसहरु दिनमा ६ देखि ८ घण्टासम्म सुत्छन्। तर मेरो जीवनमा यो लागू हुँदैन। म दिनमा ८ देखि ९ पटकसम्म सुत्छु जहाँ पनि, जतापनि। कहिलेकाँही यो निद्रा १० सेकेन्ड भन्दा पनि कम समयको हुन्छ। यति मात्र होइन मलाई 'केटाप्लेप्सी' समेत भएको छ। जब म धेरै खुशी हुन्छु या दुःखी हुन्छु, मेरो शरीर कमजोर बन्नथाल्छ। मेरो शिर भारी हुन थाल्छ, घुँडा दुख्न थाल्छ। कहिले आँखामा घाम चम्किएको महशुश हुन्छ। चाहेर पनि म ब्युँझिन सक्दिनँ। म निद्राको बसमा पर्छु।

रातको समय चाहेर पनि सुत्न सक्दिनँ। नार्कोलेप्सीका बिमारीलाई निद्रा नलाग्ने मात्र हुँदैन। जब मलाई निद्रा लाग्न सुरु हुन्छ म अजीव व्यवहार गर्न थाल्छु। जस्तैः यदि मैले टेबलमा खाना खाइरहेको छु भने प्लेट नै फ्याँक्न सक्छु। म १५ बर्षकी थिएँ जब मलाई पहिलो पटक निद्राको समस्या पहिचान भएको थियो। दुर्भाग्यवश म त्यस्तो अभागी थिएँ जसले स्वाइन फ्लूबाट बच्न भ्याक्सिन लगाएकी थिएँ। त्यसपछि मलाई नार्कोलेप्सी बिमारी सुरु भयो। मेरो स्कूलमा केही विद्यार्थीमा स्वाइन फ्लू देखापरेपछि सबै विद्यार्थीले इन्जेक्सन लगाएको थियौं।

इंगल्याण्ड पब्लिक हेल्थ विभागका अनुसार त्यसबेला स्वाइन फ्लूविरुद्धको इन्जेक्सन लगाउने ५५ हजार मानिसमा कुनै न कुनै प्रकारको रोग सुरु भएको थियो।

निद्रा लागेपछि बाेल्न र हिँड्न अक्षम

वेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार यो एक किसिमको मस्तिष्कसम्बन्धी रोग हो। यो रोगका बिरामीले लामो दुरीको यात्रा गरेमा उनीहरुलाई निद्रा लागेकै हुन्छ। यस्तो रोग लागेको व्यक्तिको मस्तिष्क समान्य मानिसको जस्तो सक्रिय हुँदैन। दिनभर निद्रा लाग्नाले उठ्नमा समस्या हुन्छ। मानिसलाई अचानक निद्रा लाग्छ र निदाउँछ। स्लिपिङ प्यारालाइसिसले दुःख दिन्छ। निद्रा अचानक लागेपछि व्यक्ति बोल्न र हिँड्न अक्षम हुन्छ। निद्राका बेला र उठ्नुअघि धेरै सपना देखिन्छ।

नार्कोलेप्सी कसरी हुन्छ ?
यो रोगले पीडित अधिकांश व्यक्तिमा हाइपोक्रिटन हर्मोन कमी भएको देखिएको छ। हाइपोक्रिटनले दिमागलाई सक्रिय राख्न मद्दत गर्छ। जब शरीरको प्रतिशोध क्षमताले यो हर्मोनलाई निर्माण गर्ने कोशिकालाई प्रभावित गर्छ तब यो रोग लाग्ने सम्भावना बढ्छ। नार्कोलेप्सी लाग्ने स्पष्ट कारण अहिलेसम्म पत्ता लागिसकेको छैन।

यो रोगको कुनै पनि उपचार छैन। तर केही औषधीको मद्दतले नार्कोलेप्सीको प्रभाव कम गर्ने कोशिश गर्न सकिन्छ। निश्चित समयको अन्तरालमा सुत्ने कोशिशले दिनमा निन्द्राको समस्या कम गर्ने चिकित्सकहरु बताउँछन्।

(बीबीसीबाट अनुवाद)

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 16:41:04
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...