हनिफ मियाँ जसलार्इ दशैँ आफ्नै लाग्छ




हनिफ मियाँ
हनिफ मियाँ

पाटन नै पाटनले बनेको पोखराको लागि मियाँपाटन एउटा फरक नाम हो।

भद्रकाली मन्दिरको फेदमा रहेको यो बस्ती नाम अनुसारै मुस्लिम बस्ती हो। वरपर हिन्दू ब्राम्हण र गुरुङ बस्ती छन्। अलि मियाँ यहीँ जन्मिए, हर्किए।

बाल्यकालदेखि किशोरावस्थासम्म उनका सपना यहीँ झाँगिए। लोककवि उपमा पाउनुअघि उनी मुस्लमि समुदायले गर्ने व्यापार गर्थे। पोते काइँयो बेच्दै लोकगीत सुनाउँदै हिँड्थे। हिन्दूका चाडबाडमा भजन र रामायण सुनाउथे। उनी बितेको ठ्याक्कै १२ वर्ष पूरा भएको छ। तर हिन्दू संस्कृतिमा राम्रोसँग घुलमिल भएका अलिमियाँलार्इ छिमेकीले बिर्सिएका छैनन्। हिन्दू छिमेकी र संस्कृतिसँग उनले कसेको मेलमिलापको गाँठो अहिले पनि उस्तै छ।

'यस्तो किन पनि भएको हो भने उहाँ छिमेकीले मनाउने सबै चाडबाडमा सरिक हुनुहुन्थ्यो', छोरा अनिफ मियाँ भन्छन्, ‘छिमेकीहरु बुबालाई घरमा हुने श्राद्धमा पनि निम्त्याउँथे। बुवा हिन्दुहरुको चाड उनीहरुले जस्तै मनाउनुहुन्थ्यो।’

सानो छँदा दशैँमा नयाँ लुगा लगाएको सम्झना हनिफसँग ताजै छ। ‘हरेक दशैँमा बुबाले नयाँ लुगा ल्याइदिनुहुन्थ्यो। घरमा च्याङ्ग्रा काटिन्थ्यो, सेलरोटी र झिलिङ्गा पाक्थ्यो।’ सामान बेच्न बाहिर गएका बुबा घर फर्किएपछि दशैँ लागेको अनूभूति हनिफलार्इ दशैँ लागेको अनुभूत हुन्थ्यो। दशैँमा टीका लगाउने कार्यक्रम हुन्थ्यो। दक्षिणा पनि दिइन्थ्यो। ‘टीका लगाएपछि बुबा दशैँमा पिङ खेल्दै, दोहोरी गाउँदै ठाउँठाउँ पुग्नुहुन्थ्यो’, उनले सुनाए।

अहिले हनिफ पनि दशैँ मनाउँछन्। ‘पहिलाभन्दा दशैँ मनाउने शैलीमा केही परिवर्तन भएजस्तो लाग्छ’, उनले नेपालखबरसँग सुनाए,‘हामी पनि अरूहरूलेजस्तै मज्जाले दशैँ मनाउँछौँ।’ मियाँपाटनस्थित निवासमा दशैँ आउनु अगाडि लिपपोत सुरू हुन्छ। घर सफा गर्नेदेखि दशैँलार्इ खानेकुरा जुटाउने चटारो उस्तै हो।

'म पनि टीका लगाएर दक्षिणा बाँड्छु। फरक यति हो मलार्इ अन्य कार्यक्रममा जस्तै दशैँमा पनि रातो टीका नै मनपर्छ', उनी भन्छन्।

पिताको सम्झनामा अली मिया लोक वाङ्गमय प्रतिष्ठान गठन गरेका उनी संस्कृत क्याम्पसका प्राध्यापक अम्बिका शर्मा, भीम रानाभाटलगाय जम्मा भएर दशैँमा टीकाटालो गर्छन्। मासु, सेल खाँदै दशैँलार्इ उल्लासमय बनाउने तयारीमा छन्।

‘साँच्चै भन्नुपर्दा दशैँ हाम्रो पनि चाड हो। किनभने दशैँ हिन्दुहरुलाई भन्दा बढी हामीलाई लाग्छ’, हनिफ सुनाउँछन्, ‘हाम्रो परिवार मात्र नभएर पूरै मियाँपाटनलार्इ दशैँ लाग्छ। सारा नेपालीको खुसीमा हामी सामेल नहुने कुरै भएन नि।’

याे पनि:

१. दशैँ कसको, टीका कस्तो?

२. सेतो टीका निधारमा

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 13:55:53
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।