हनुमानढोका दरबारमा भित्र्याइयो फूलपाति


Infocus



Picasa

गोरखा दरबारबाट ल्याइएको फूलपाति काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइएको छ।

ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो।

धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने फूलपाति जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ।

२०६६ सालसम्म हिंडाएर ल्याइने फूलपाति त्यसयता गाडीमा ल्याइन्छ। जमलबाट उच्च सरकारी अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ ल्याइने फूलपाति हर्षबढाइँका साथ हनुमानढोकाको दसैं घरमा भित्र्याइन्छ।

गोरखाबाट बिहान पठाइएको फूलपाति साँझ हनुमानढोकामा भित्र्याएपछि मात्रै विधिवत रूपमा दसैं सुरू भएको मानिन्छ।

विक्रम सम्वत् १७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुर राज्यमा विजय हासिल गरी यहीं राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्र्याउन थालिएको परम्परा अझैसम्म जिवित रहेको हो।

भगवती मन्दिरप्रतिको श्रद्धा र भावभक्तिले पृथ्वीनारायण शाहले यो परम्परा सुरु गरेको ठानिन्छ। फूलपातीमा के–के फूल मिसाइएको छ भन्ने जानकारी गोरखा दरबारका सुसारेबाहेक अरुलाई हुँदैन।

त्यहाँका थापा परिवारले संकलन गरेको फूलपाती आधा हनुमानढोका ल्याइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैं घरमा भित्र्याउने चलन छ।

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 20:25:18
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...