दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते


Kshamadevi Group


दुर्घटना
दुर्घटना
user

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ। सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन्। जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ। सो गाडी आज दिउँसो दुर्घटनामा परेको हो। रासस

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 15:38:28
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...