दशैँ कसको, टीका कस्तो?


Kshamadevi Group


सेताे टीकामा एक नेपाली नारी
सेताे टीकामा एक नेपाली नारी

 तीमध्ये ३ लाख ३ हजार १ सय २४ जना त पश्चिमाञ्चल अर्थात गण्डकी प्रदेशमै बसोबास गर्छन्। जनसंख्या नै हेर्ने हो भने दुराहरुको आदिम थलो मानिने यो प्रदेशमा ५ हजार ५ सय ५२ जना दुराहरु रहेका छन्। दुरा र गुरुङ संस्कृति करिब करिब उस्तै छ।

नेपालमै धेरै जनसंख्या भएको जनजातिमध्ये मगरहरुको यो प्रदेशमा ८ लाख २१ हजार ५ सय ३० जनसंख्या रहेको छ।

५४ हजार ४ सय ९९ जना तामाङहरु पनि यही प्रदेशमा बस्छन्। ७ हजार ३ सय २६ जना दराईको बासस्थान पनि पश्चिमाञ्चलै हो। जनजाति र खासगरी गुरुङको बाक्लो उपस्थिति रहेको गण्डकी प्रदेशलाई दशैँले छोपेको छ। लाहुरेहरु लामो छुट्टी मिलाएर दशैँ मान्न घर फर्केका छन्।

जनजाति बाहुल्य गाउँमा फूलपातिको दिन राँगो ढालिन्छ। अष्टमी र नवमीमा बोका र भेडाको बली दिइन्छ। जनजातिहरुले दशैँको दिन सेतो टीका र जमरा लगाएर दशैँ मनाउँछन्। यिनै जनजातिमध्येका एक हुन्, प्राध्यापक डाक्टर जगमान गुरुङ।

यतिबेला पुख्र्यौली घर कास्कीको याङ्जाकोटमा छन्। उनले घरमा घटस्थापना स्थापना गरेका छन्। माथि कोतमा जमरा राखिएको छ। बिहान उनी ‘दुर्गा कवच’ पाठ गर्छन्। कवच भनेको रक्षा गर्नु भएको र आफ्ना शरीरका प्रत्येक अंगहरुको रक्षा गर भन्दै सर्वशक्तिमान दुर्गाको उपासना गरिरहेको उनको बुझाइ छ।

विदेशीले घोकाइदिएको ‘डिभाइन थेरापी’ मान्ने तर आफ्नो परम्परा नमान्नेहरुसँग आफ्नो विमति रहेको उनले सुनाए। ‘सके त चण्डी पाठ गर्नुपर्ने हो तर म दुर्गा कवच पाठ गर्छु’, जगमान गुरुङ भन्छन्, ‘घरमा अष्टमीमा बोका बली दिने हो, नवमीमा भने कोतमा राँगाको बली दिइन्छ अनि दशैँ मनाइन्छ।’

सम्बन्धित लिंक: सेतो टीका निधारमा

पश्चिम नेपालमा एक दिन मात्र दशैँ मनाउने चलन छ। उनी विजया दशमीको नाउँमा दशैँलाई एक दिनमा खुम्च्याउनु नहुने बताउँछन्। शक्तिको उपासना गर्ने पर्व हो, दशैँ। घटस्थापनादेखि दशमीसम्म नै शक्तिको उपासना गरेर मनाइने पर्वको नाम नै दशैँ भएको उनको बुझाई छ।

दशमीमा भने उनी रातो टीका र जमरा नै लगाउँछन्। रातो टीका लगाउने र दशैँ मान्ने भएकाले कपियले उनलाई गुरुङ संस्कृति मासेको आरोप पनि लगाउँछन्। जगमान भने यो आरोप मान्न तयार छैनन्। ‘पहिला अबिरको उत्पादन नेपाल र भारतमा हुँदैनथ्यो। अरब राष्ट्रमा पाइने रंग मात्र नभएर धागो, पोते पनि मुस्लिमले भारत र नेपाल भित्र्याका हुन्, उनी भन्छन्, ‘मितव्ययितामा बाँच्नेहरुले महंँगो अबिर किन्न सकेनन् अनि लगाएनन्। नत्र रातो रंगसँग तर्सिनु पर्ने अवस्था छैन।’

त्यतिबेला बिहेमा सिन्दुर अत्यावश्यक बनाइए पनि रातो टीका सबै पर्वमा चलाउन सक्ने अवस्था थिएन। त्यो बेला सबै जातको टीका सेतो नै रहेको उनको दाबी छ। सेतो चलाउनेहरुले सेतो नै चलाए, परिवर्तन हुनेहरुले रातो पनि प्रयोग गरे। उनका अनुसार नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्।

प्राध्यापक डाक्टर जगमान गुरुङ

प्राध्यापक डाक्टर जगमान गुरुङ

नेवारको व्यापारी पृष्ठभूमिलाई रातो रंग प्रयोगको सुरुवात मान्छन् उनी। शक्तिको उपासना गर्नेहरुले भने रातो रंगलाई सधैँ शुभ र शक्तिको प्रतिकका रुपमा लिँदै आएका छन्। ‘मैले सुनेको छु, पाल्पातिरका मगरहरुले कुखुराको भोग (बली) दिएर नागको पूजा गर्छन् रे,भयँर, देउराली, जे पुजे पनि थालमा अक्षता राखेर मेडो (देवतालाई छुट्याएको पशु) को बली दियो अनि थालको अक्षतामा रगत चुहाएर टीका लगाउने चलन हो’, व्याख्यात्मक पारामा उनले भने,‘रगत मुछेको टीका लगाउने जातले रातो रंग हाम्रो हैन भन्न मिल्दैन।’

हिजो रातो रंग नपाउँदा बाहुन, क्षेत्री, गुरुङ, मगर सबैले सेतो अक्षता मात्र प्रयोग गरेको उनको भनाइ छ। काठमाडौंमा ईन्द्रजात्राका दिन भैरवलाई राँगोको बली दिइने र रगत मुछेको टीका लगाइदिने प्रचलन सम्झँदै उनले भने,‘त्यहाँ पनि राँगोको मासु नखानेले त्यो टीका लगाउँदैनन्।’ आफूलाई जनजाति भन्नेहरुले दशैँ बहिष्कार गरेको पनि उनलाई मन परेको छैन। यो पर्व दुर्गा उपसनाको साझा पर्व भएको उनको बुझाइ छ।

‘गढीमाईमा थारु, छिन्ताङदेवीमा राई र गोर्खा मनकामना अनि गोर्खा दरबारको देवी पूजा गर्ने खण्डमा मगर पुजारी छन्’, उनले थपे,‘गोर्खा दरबारको कालीमाई पूजा गर्ने खण्डमा त बाहुन पस्नै पाउँदैनन्, त्यहाँ मगरलाई अग्राधिकार छ, अब यस्तोमा दशैँलाई बाहुनको मात्र चाड कसरी भन्ने ?’

दशैँले सबै नेपालीलाई एकसूत्रमा बाँध्न मद्दत पुर्याएकाे उनको विचार छ। संघीय लोकतान्त्रिक गणतन्त्र भनेकै साँस्कृतिक दलनमा बस्न नपर्ने व्यवस्था भएको बताउँदै उनले आफ्नो सँस्कृति र शास्त्रको व्याख्या आफैँ गर्न र विदेशीको मुख नताक्न पनि सबैलाई सुझाए।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठको शव्दमा आर्य र मंगोल दुवैले धानलाई महत्वपूर्ण खाद्यान्न माने पनि रंगको प्रयोगमा भने आर्यहरु अगाडि रहेको बताए। ‘आर्यहरुले परम्परागत रुपले नै चाडपर्वका विभिन्न प्रकारका ‘रेखी’ र भगवानका चित्रहरु कोर्दै आएको हुनाले पनि टीकामा रातो रंग मिसिएको हुनुपर्छ’, उनले भने,‘रातो रंगलाई हतियार चलानेहरुको वा शक्तिको प्रतिकको रुपमाभन्दा पनि शुभ रंगको रुपमा प्रयोगमा ल्याइएको हुनुपर्छ।’

पृथ्वीनारायण शाहले आफू शक्तिमा आएदेखि नै रातो रंग प्रयोग गरेको केहीको भनाइ सत्य नभएको उनको भनाइ छ। सेनामा भर्ना हुने लामो परम्परा भए पनि गुरुङ, मगर, राईहरुले रातो टीका प्रयोगमा नल्याउनुमा भौगोलिक, आर्थिक, सामाजिक अवस्था कारक रहेको उनको ठम्याइ छ।

केहीले बिरोध गरे पनि पछिल्लो समय दशैँ सबै नेपालीको पर्व बन्दै गरेको दावी गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव समेत रहेका श्रेष्ठ बताउँछन्। ‘घटस्थापनाका दिन गरिएको शोभायात्रामा भएको सहभागिताले पनि यो सबैको चाड भएको पुष्टि गर्छ’, उनले भने, ‘त्यहाँ सबै जात सहभागी थिए। पछिल्ला वर्षहरुलाई हेर्ने हो भने दशैँ सम्पूर्ण देशबासीकै चाड बनिरहेजस्तो लाग्छ।’

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 10:49:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...