काठमाडौं प्रहरीको ‘एम्बुस’ मा परे ६५ चोर, यी हुन् चोरीको जोखिममा परेका क्षेत्र


Infocus



महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबारसम्म ६५ जना चोरी, डकैती र पकेटमारीमा संलग्नहरुलाई पक्राउ गरेको जनाएको छ। परिसरले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेका १५ दिनमा ६५ चोर समाएको हो।

NIC ASIA

परिसर मातहतका वृत्त, प्रभाग र चौकीहरुको सक्रियता काठमाडौंका बजार क्षेत्र तथा सवारीसाधनमा पकेटमारी गर्ने गिरोह समेत पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले १८ जना युवा र २ युवतीलाई चोरी तथा पकेटमारी गरेको रकम सहित पक्राउ गरेको हो। अन्य ४५ जना परिसर मातहतका वृत्तले पक्राउ गरेको हो।

प्रहरीले चोरीमा पक्राउ परेर रिहा भएका पटकेहरु सक्रिय रहेको सूचनाका आधारमा उनीहरुलाई समेत पक्राउ गरेको हो। यसरी पक्राउ पर्ने २० भन्दा बढि पटके छन्।

‘चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चौबिसै घण्टा सादा पोशाकका प्रहरीले गरेको ‘एम्बुसिङ’ मा उनीहरु पक्राउ परेका हुन्, परिसरका डिएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने ‘काठमाडौंमा चोरी, लुटपाट र पकेटमारीका घटना शुन्यमा झरेको छ,’।

परिसरले चोरी, लुटपाट र पकेटमारी हुने सम्भावित क्षेत्रमा दैनिक एकसय जना सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ। परिसरका अनुसार रातीको समयमा काठमाडौंका नाका र गौडाहरुमा प्रहरीले आकस्मिक चेकजाँचलाई तिब्रता दिएको हो।

यी हुन सबैभन्दा चोरी हुने क्षेत्रहरु
महानगरीय प्रहरीले सबैभन्दा बढि चोरी हुने क्षेत्रहरु विभाजन गरेर सोही अनुसारको सुरक्षा योजना बनाएको छ। उपत्यकाका तीनवटै परिसर र अपराध महाशाखाको सहभागितामा बनेको योजना अनुसार सुरक्षाकर्मी परिचालन भइरहेका हुन। प्रहरीका अनुसार यी क्षेत्रमा सबैभन्दा बढि चोरी हुने गरेको छ।

काठमाडौं क्षेत्र
महाराजगंजः हेपालीहाईट, मण्डिखाटार, टोखा, ग्रीनल्याण्डचोक, सुकेधारा, धापासी, बसुन्धारा, पासिकोट, बुढानिलकण्ठ, नारायणथान, हात्तीगौडा, देउवा चोक एरिया।

कालिमाटीः बाफल, छाउनी, कुलेश्वर, डल्लु , संतुगल, त्रिपुरेश्वर, भोटेबाहाल, खड्का गाँउ, कलंकी हाईट, पुरानो नैकाप, नयाँ नैकाप।

बालाजुः हिलेडोल, जरंखु, शेषमती, लामाबगर, धर्मस्थली, मनमैजु, बोहोराटार , बाँनियाटार, माछापोखरि, कुमारीथान एरिया ।

स्वयम्भुः सितापाईला, छाउनी, किमडोल, धर्मस्थली, ताहाचल, ढल्कु आबास क्षेत्र, पद्ममा कोलोनी, ठुलो भर्याङ, सानो भर्याङ।

बौद्धः कपन , फुलबारी, आरुवारी, अत्तरखेल, नँयाबस्ती, मुलपानी र जोरपाटी।

गौशालाः कुमारीगाल, कालोपुल, रातोपुल, बाग्मती करिडोर, सिनामंगल, पिङ्लास्थान।

बानेश्वरः शंखमुल, शान्तिनगर, बुद्धनगर मध्यबानेश्वर मिलनचोक पेप्सिकोला नरेफाँट, बाग्मती करिडोर, महादेवस्थान र गोठाटार।

जनसेवाः न्युरोड, रन्जना गल्ली, बिर अस्पताल, पुरानो बसपार्क, सुन्धारा, भोटेबाहाल एरिया।

लैनचौरः ठमेल एरिया, नयाँ बजार, म्हैपी, कपुरधारा, गल्खुपाखा एरिया।

कमलपोखरीः लक्ष्मी मार्ग एरिया, मैतोदेवी एरिया, धोबीखोला करिडोर, हाँडीगाँउ, भाट भटेनी एरिया।

दरबारमार्गः लाजिम्पाट भित्री एरिया, दरबारमार्ग, रानीपोखरी क्षेत्र।

कपनः निलोपुल, रामहिटी, गुम्बा क्षेत्र।

किर्तिपुरः ट्याङलाफाँट ,पाँगा।

पेप्सिकोलाः टाउनप्लानिङ, जडीबुटी।

भक्तपुर क्षेत्र
चाँगुनारायण नगरपालिका वडा नम्बर १ र २ दुवाकोट, झैखेल, ब्यासीको क्षेत्र।

सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ सुर्यबिनायक, पाण्डुबजार, सल्लाघारी, बालकोट, दक्षिणबाराही

ठिमीः बोडे, लोकन्थली, निकेसरा।

ललितपुर क्षेत्र
सानेपा, भैसेपाटी, सुनाकोठी,महालक्ष्मीस्थान, ईमाडोल, टिकाथली, लुभु, गोदामचौर, चाँपागाउँ।

 

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 19:13:27
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...