निर्मला हत्याकाण्डः एआईजी बस्नेतको टोली कञ्चनपुर पुग्यो


Infocus



एआईजी धिरु बस्नेत
एआईजी धिरु बस्नेत

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धिरु बस्नेत नेतृत्वको टोली कञ्चनपुर पुगेको छ।

NIC ASIA

घटनाको छानविनका लागि गत ३१ भदौमा एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्यीय टोली गठन गरेको थियो। समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन्।

निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट गरेको स्थानीयको आरोप पश्चात् थप अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको टोली शुक्रवार कञ्चनपुर पुगेको हो।

कञ्चनपुर पुगेसँगै टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो)सँग भेटवार्ता गरेको स्रोतले बतायो। शनिवार (भोली) स्थानीय सरोकारवालासँग भेटघाट तथा परामर्श गर्ने कार्यक्रम रहेको छ।

कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतका अनुसार एआईजी बस्नेतले घटनास्थल र निर्मलाको घर परिवारसँग पनि भेटघाट गरका छन। घटनास्थल पुगेका एआईजी बस्नेतले निर्मला पन्तको शव फेला परेको स्थानको समेत स्थलगत निरीक्षण गरे।

सुदूरपश्चिम प्रदेश र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी अधिकृतको टोलीसँगै उनले निर्मलाको किताब, साइकल र शव फेला परेको स्थानमा स्थलगत अध्ययन गरे।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव भेटिएको थियो।

घटना घटेको दुई महिना भन्दा बढी समय भइसक्दा समेत हत्यारा पहिचान हुन सकेको छैन।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 18:30:51
Max TV
Max TV
Zen Travels

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।