कलंकी मालपाेतमा तीन रोपनी जग्गा नामसारी भइरहँदा जब प्रहरी पुग्यो


Infocus



कलंकी मालपाेत
कलंकी मालपाेत

मालपोत कार्यालय कलंकीमा बुधबार कीर्तिपुर–४ को तीन रोपनी जग्गा नामसारी हुने प्रक्रिया चलिरहेको थियो।

नगरपालिकाको वडा नम्बर ४ ले नामसारीका लागि सिफारिस पत्र दिएको थियो। जग्गाधनीका वारेस र जग्गा खरिदगर्ने दुबै मालपोत कार्यालयमा तयारी अवस्थामा थिए। मालपोतका कर्मचारी आवश्यक कागजी प्रक्रिया अघि बढाउँदै थिए।

प्रक्रिया चलिरहेका बेला वडा कार्यालयका हुलाकी हतारिँदै कार्यालय पुगे। उनी सिधै मालपोत अधिकृतको कार्यकक्षमा छिरे। उनले आफूसँगै ल्याएको पत्र अधिकृतलाई दिएपछि त्यहाँको वातावरण बद्लियो। कर्मचारीले केही समय विश्राम लिने बताए।

जग्गाधनीका वारेस बनेका लेखापढी गर्ने पुण्यप्रसाद खनाल र जग्गा खरिदगर्ने कृष्णहरि दाहाल मालपोत परिसरमै थिए। केही समयमै सादा पोशाकमा रहेका डिएसपी होविन्द्र बोगटीको टोली मालपोत कार्यालय कलंकी पुग्यो। प्रहरी टोलीले दाहाल र खनाललाई नियन्त्रणमा लियो।

यतिबेलासम्म मालपोतमै सेवा लिइरहेका र दिइरहेका धेरैलार्इ पत्ताे थिएन त्यहाँ के भइरहेकाे हो भन्ने।दाहालले जसको जग्गा कमाएका थिए उनकै जग्गा हडप्न खोज्दा अहिले कृष्णहरि दाहाल प्रहरी फन्दामा परेका छन्। दाहालले केही वर्षअघि मृत्यु भएका मालिकको ठाँउमा एकजना क्यान्सर रोगले गलेका ब्यक्तिलाई उभ्याएका थिए। 

लेखापढी व्यवसायमा संलग्न पुण्यप्रसाद खनालको सहयोगमा नक्कली नागरिकता र जग्गाधनी कागजपत्र तयार गरी जग्गा पास गर्ने प्रक्रिया चलिरहँदा प्रहरीले हस्तक्षेप गरेको थियो। कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा रहेको ३ रोपनी जग्गा नक्कली जग्गाधनीको नाममा नामसारीका लागि वडा कार्यालयले सिफारिस समेत बनाइदिएको थियो। खनालले नक्कली जग्गाधनीबाट वारेसनामा लिएका थिए। दाहाल र खनालले बुधबार मालपोत कार्यालयमा जग्गा नामसारी गर्दै गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको सादा पोशाकको प्रहरी टोली पुगेको थियो।

कीर्तिपुर नगरपालिका–४ स्थित कित्ता नम्बर ७२ को ३ रोपनी जग्गा हडप्न खोज्ने दाहाल र खनाललाई नियन्त्रणमा लिएर किर्ते जालसाजीमा कारवाही थालेको छ।  परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार जग्गा किनबेचमा बिचौलिया गर्दै आएका दाहालको योजनामा यो घटना भएको हो। उनका अनुसार रिद्दिशम्सेर जबराको नाममा रहेको जग्गामा स्थानीय शेरबहादुर महर्जन मोही थिए। मोही कित्ताकाटमा महर्जनको नाममा ३ रोपनी जग्गा आयो। उनको जग्गा दाहालले भोगचलन गरिरहेको थिए।

जब महर्जनको मृत्यु भयो। दाहालले त्यो जग्गा हडप्ने योजना बुन्न थाले।

‘दुवैको मिलमतोमा जग्गा नामसारी हुनासाथै बेचबिखन गर्ने योजना रहेछ। समयमै प्रहरीलाई खबर गरेपछि घटना टरेर गयो,’ डिएसपी बोगटीले भने।

प्रहरी अनुसन्धानमा मृत्यु भएका महर्जनको ठाँउमा एकजना स्थानीय रोगी वृद्धलाई उभ्याईएको थियो। उनी घटना लगत्तै फरार छन्। अनुसन्धान अधिकारीका अनुसार ती वृद्धलाई केही रकमको प्रलोभन दिएर जालसाजीमा उभ्याइएको थियो।

‘साक्षी समेत आफैँ बसेर किनारामा सही छाप गरेको भेटिएको छ। घटनाको अनुसन्धान भइरहेको छ, थप केहीको खोजी गरिरहेका छौं,’ बोगटीले नेपालखबरसँग भने।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:49:31
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।