काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय फोटो महोत्सव


Infocus



आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय फोटो महोत्सव सुरु हुँदैछ।

NIC ASIA

शुक्रबारदेखि कार्तिक ३० गते सम्म सञ्चालन हुने यस वर्षको फोटो महोत्सवमा सामेल प्रदर्शनी तथा कार्यक्रमहरु पितृसत्ता, पहिचान, लिङ्ग, यौनिकता तथा शक्ति जस्ता विषयमा केन्द्रित रहने आयोजक फोटोसर्कलले जनाएको छ।

फोटो काठमाडौँ २०१८ मा १८ फोटो प्रदर्शनी, चार रातसम्म स्लाइडशो प्रदर्शनी, १७ कलाकार संवाद तथा छलफल प्यानल, ८ कार्यशाला, एक मिक्स– मिडिया रेजिडेन्सी साथै महोत्सबको इतिहासको पहिओ दक्षिण एसियाली इन्क्युबेटर कार्यक्रम सामेल छन्।

यसपटक प्रिन्ट प्रदर्शनीतर्फ नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरुको विविध समूहले दुइ चरणमा आफ्नो काम प्रस्तुत गर्नेछन्।

पहिलो चरणमा अमर कन्वरको तेजिलो बयान, दिवस राजा केसी तथा नयन तारा गुरुङ कक्षपतिको सहप्रबन्धनमा आमवृत्तमा महिलाः महिलावादी स्मृतिपहल, बुनु ढुंगानाको प्रतिरोध कीपामास्के, इरिना गिरी तथा सोनामचोकी लामाको वियुक्त शरीरस लरेन्स रस्तीको इरानमा कोही पनि समलिंगी छैनन्, श्रीधरलाल मानन्धरको स्वाधीन अभिलेखनकर्ता, लुसिया डेभ्रिज तथा प्रशित स्थापितको सह प्रबन्धनमा विराट, अद्भुत, भव्य उन्मादः हिप्पी काठमाडौं तथा निना मानन्धरको भ्रातृत्व र गोर्खालीका छोरा सामेल छन्।

कार्तिक ९ गते थप ६ वटा प्रदर्शनी सहित महोत्सवको दोस्रो चरण आरम्भ हुनेछ। त्यसमा लाङटाङ मेमोरी प्रोजेक्टको सेम्पाः त्सेरे किपु शोस सोहरब हुराको लुप्तशिर र पंक्षी, रबिन ह्यामण्डको जहाँ प्रेममाथि कानुनी बन्देज छ, बाइण्ड कलेक्टिभको बाइण्ड बक्स ३३, अनिश्का वर्माको प्रबन्धनमा कसको र कसका लागि तथा नेपाल पिक्चर लाइब्रेरी र मदन पुरस्कार पुस्तकालयका अभिलेखालयबाट लिइएका तस्विरको संकलन ओपन स्टुडियो छन्। पहिलो चरणका प्रदर्शनी पनि महोत्सव भरी रहने छन्।

फोटोसर्कल सन् २००७ मा स्थापना भएको हो।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:15:14
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...