Exclusive

७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारणः गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापा
गृहमन्त्री रामबहादुर थापा

गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भईरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन्।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको पनि स्पष्ट पारे।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराए।

७० प्रतिशतभन्दा बढि महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहो-याए।

गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दावी पनि गरे। उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको पनि बताए।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने दृढता पनि व्यक्त गरे।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 16:45:25
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।