सालकको खपटासहित दुई जना पक्राउ


Infocus



प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीको काठमाडौंको बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ।

NIC ASIA

पक्राउ पर्नेमा रामेछाप दोरम्बाका १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाँउपालिकाका २८ वर्षीय ज्ञान बहादुर श्रेष्ठ रहेका छन्।

सालक लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत जनावर हो। सालकको छालासहितको खपटा १ के.जी १०० ग्राम तौल रहेको छ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसारमा बुझाईएको प्रहरीले जनाएको छ। 

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 14:55:41
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...