नेपालमा ‘ह्यासट्याग मि टू’: मन्त्रीदेखि पत्रकारसम्म घेरामा


Infocus



मी टू
मी टू

महिलामाथि हुने गरेको यौन दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय अभियान ‘ह्यासट्याग मि टू’को प्रभाव नेपालमा देखिन थालेको छ।

NIC ASIA

सुरुवाती चरणमा महिलाहरुले सरकारका मन्त्री एवं पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। मूलधारको पत्रकारितामा संलग्न महिला पत्रकारहरुले ट्विटरबाट शक्तिशाली व्यक्ति तथा पुरूष सहकर्मीहरुबाट भएका यौन दुर्यव्यवहारका घटनाहरु सार्वजनिक गरेका हुन्।

मध्यपूर्वको अन्तर्राष्ट्रिय टेलिभिजन न्युज च्यानल अल्जजिराका लागि नेपालस्थित संवाददाता सुबिना श्रेष्ठले दुई दशकअघिको एउटा घटना उल्लेख गर्दै आफूलाई तत्कालीन मन्त्रीले यौन दुर्व्यवहार गरेको सार्वजनिक गरेकी छिन्। सन् २००० तिर सार्वजनिक कार्यक्रममै तत्कालीन एक मन्त्रीले आफूमाथि यौन दुर्व्यवहार गरेको उनले लेखेकी छिन्। १८ वर्षअघिको सो घटनाबारे ट्विट गर्दै सुविनाले उपत्यकाकाे पर्यटकीय क्षेत्र नगरकोटमा सो घटना भएको बताएकी छिन्।

‘सहस्राब्दी, नगरकोट। म उद्घोषक थिएँ। त्यो साँझ तत्कालीन युवामन्त्रीले आफ्नो हात मेरो तीघ्रामा राख्न खोजे। त्यो यौन दुर्व्यवहार थियो। मैले उनको हात पन्छाएँ। मेरा बरिष्ठ सहकर्मीहरु त्यहाँ थिएँ तर उनीहरुले यो विषयमा केही बोलेनन्। त्यो पनि उनीहरुको सहअपराध नै हो’, सुबिनाले ट्विटरमा लेखेकी छिन्।

सुबिनाले अर्की एक महिलामाथि भएको दुर्व्यवहारविरुद्ध बोल्दा आफूलाई स्तब्ध पार्नेगरी दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। ट्विट गर्दै उनले भनेकी छिन्, ‘अर्की एक महिलामाथि दुर्व्यवहार हुँदा मैले बिरोध गर्दा त्यो व्यक्तिको दुस्साहासले मलाई स्तब्ध पारेको थियो। यो घटना मिडियामा व्यापक रुपमा आएको थियो। मेरा सहकर्मीहरुको सहअपराधले मलाई डर लागेकाे थियो। म बोल्ड हुनसक्छु तर त्यतिबेला पनि यो हाम्रो लज्जाको विषय हो भन्ने ठानिन्थ्यो।’

ट्विटरमा धेरैले उनलाई त्यो व्यक्ति को हो भनेर प्रश्न गरेका छन्। तर उनले सो व्यक्तिको नाम सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न महिलालाई समय दिनुपर्ने उल्लेख गरेकी छिन्।

यसैगरी पूर्व पत्रकार मीना कैनीले पनि कार्य क्षेत्रमा सहकर्मीबाट यौन दुर्व्यवहार झेल्नु परेको भन्दै ट्विट गरेकी छिन्। कुनै समय नेपालका ठूला मिडिया हाउसमा काम गरेकी उनले एक सिनियर सहकर्मीले आफूलाई उनकै कारमा चुम्बन गर्न खोजेको घटना सार्वजनिक गरेकी छिन्।

आफूले गुरु मान्ने गरेका एक पुरुष आफ्नो होटल कोठामा आएर जानै नमानेको उनको भनाइ छ। उनले पनि ती व्यक्ति को थिए भन्ने उल्लेख गरेकी छैनन्। 

मीनाले मिडिया हाउसमा महिलाकाे नेतृत्वमा एन्टि ह्यारेसमेन्ट विभाग निर्माण गरेर यसलार्इ राेक्न सल्लाह दिएकी छिन्। 'यदि नेपालका मिडिया हाउस महिला पत्रकारलार्इ सहयाेग गर्न साँच्चै गम्भीर छन् भने उनीहरूले महिला नेतृत्वमा एन्टी ह्यारेसमेन्ट विभाग निर्माण गर्नुपर्छ', अाफूले कुनै बेला काम गरेकाे कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिराेहियालार्इ मेन्सन गर्दै उनले लेखेकी छिन्।

महिलामाथि हुने गरेको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउने अभियान ह्यासट्याग मि टू नेपालमा पनि शुरु भएको हो। यो अभियानमा सरिक भएर महिलाहरुले शक्तिमा बसेकाहरुले विगतमा गरेको यौन दुर्व्यवहारका घटना सार्वजनिक गरिरहेका छन्। केही अन्यले पनि आफूसँग भएका घटनाबारे ट्विटरमा लेखेका छन्। तर अहिलेसम्म उनीहरुले यौन दुव्र्यवहार गर्ने व्यक्ति को थिए भन्ने नाम सार्वजनिक गरेका छैनन्।

पछिल्लो समयमा भारतमा मि टू अभियानले तीब्रता पाइरहेको छ। बलिउडकी अभिनेतृ तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि मि टू अभियान चर्किएको हो। एक महिला सहकर्मीले यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेसँगै हिन्दुस्तान टाइम्सले राजनीतिक ब्युरो प्रमुख रहेको प्रशान्त झालाई पदबाट हटाएको छ।

एक जना पूर्व सम्पादक एवं हाल विदेश राज्यमन्त्री रहेका एमजे अकबरविरुद्ध करिब तीन दशकअघि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको दल भारतीय जनता पार्टीले नाइजेरियामा भ्रमणमा रहेका उनी फर्किएपछि राजिनामा दिन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 20:57:41
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...