सवारी दुर्घटनामा दुईको मृत्यु


Infocus



पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका– १ वनखेतमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बिहिबार टीकापुरबाट अत्तरियातर्फ जाँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेहरुमा गोदावरी नगरपालिका– ६ बस्ने मोटरसाइकल चालक २८ वर्षीय हेमन्त साउद र २६ वर्षीय बिक्रम खड्का रहेका छन्।

बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै जना गम्भिर घाइते भएका थिए। दुर्घटना लगत्तै दुबै जनालाई पदमा अस्पतालमा सामान्य उपचार गरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ज्यान गुमाएका दुबै युवाहरुको पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय, मालाखेतीले नियन्त्रणमा लिएको छ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 19:21:29
Max TV
Max TV
Zen Travels
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं