निर्मला प्रकरणको सबुद नचलाउन प्रहरीलार्इ अायाेगकाे निर्देशन


Infocus



राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीलाई बलात्कारपछि हत्या गरिएकी १३ वर्षे निर्मला पन्तको यौनिक स्वाव र त्यसबाट निकालिएको डिएनए नमूना यथास्थितिमा राख्न बिहीबार निर्देशन दिएको छ।

NIC ASIA

आयोगले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मला घटनासँग सम्बन्धित सबुत र नमूनाहरु जे जस्तो अवस्थामा छन्, सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको हो। आयोगमा बिहीबार सबुत–प्रमाणको चिकित्सीय र बैज्ञानिक जाँचमा संलग्न अधिकारी र बिज्ञसँगको छलफलपछि यस्तो निर्देशन भएको हो।

आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीको समूहले फरेन्सिक विज्ञ डा.हरिहर बस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ डा.दिनेश झासँग छलफल गरेको हो। आयोगले सबुत प्रमाणको परिक्षणका बिषयमा विज्ञसँग रायसुझाव समेत लिएको छ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 17:04:23
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...