सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए


Infocus



मौलाना खुर्सिद आलम अन्सारी
मौलाना खुर्सिद आलम अन्सारी

इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना खुर्सिद आलम अन्सारीको बिहिबार बिहान हत्या भएको छ।

भारतीय गुप्तचर संस्थाले आतंककारी संगठन इन्डियन मुजाहिद्दिनको नेता भएकाले निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेको केही महिनामै माैलाना खुर्सिदको हत्या भएको हो।

बिहिबार सुनसरीको भुटहामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली हानेर माैलाना खुर्सिद आलम अन्सारीको हत्या गरी सुरक्षित रुपमा भारततर्फ भागेका थिए।

भारतका विभिन्न सहरमा सन् २००८ मा भएको श्रृखंलावद्ध बम आक्रमणका आरोपीलाई नेपालमा संरक्षण र आश्रय दिएको आरोप लागेका खुर्सिदलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेका थिए।

खुर्सिदले चार जना भारतीय आतंककारीलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएका थिए। राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएको खुलपनि उनी त्यसबेला कानुनी कारवाहीबाट जोगिएका थिए।

भारतका विभिन्न सहरमा सन् २००८ मा बम बिस्फोट गराएर फरार भएका आइएमका ४ लडाकुलाई नेपालमा माैलाना खुर्सिदले संरक्षण र आश्रय दिएको चैत २०७१ मा खुलासा भएको थियो। भारतका बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनउ र दिल्लीमा आइएमले गराएको बम बिस्फोटमा १ सय ६६ जनाको मृत्यु र सयौं घाइते भएका थिए।

भारतको आग्रहमा नेपाल प्रहरीको विशेष ब्यूरोले गरेको विस्तृत अनुसन्धानमा भारतीय सुरक्षा निकायले सर्वाधिक खोजी गरेका आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको थियो। चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको थियो।

उनीहरु चारैजना २०६६ असार र भदौमा पालैपालो अल अरेबियाको उडानबाट नेपाली नागरिकका हैसियतमा बाहिरिएका थिए। त्यसयता माैलाना खुर्सिद भारतीय गुप्तचर संस्थाहरुको निगरानीमा थिए। खुर्सिदबारे भारतीय गुप्तचर संस्थाले भारतीय दूतावास मार्फत नेपाल सरकारलाई औपचारिक जानकारी गराएपछि ९ माघ २०७१ बाट अनुसन्धान सुरु भएको थियो।

प्रहरीको विशेष ब्यूरोले गरेको अनुसन्धानमा सन् २००८ मा भारतमा भएको श्रृखंलावद्ध आक्रमण लगत्तै इन्डियन मुजाहिद्दिनका सदस्यहरु नेपाल छिरेको र सुनसरीको भुटहामा आश्रय लिएर बसेको खुलेको थियो। उनीहरुलाई खुर्सिदले आश्रय दिएका थिए। भुटहामा बस्दा इन्डियन मुजाहिद्दिनका लडाकुहरुले मौलाना खुर्सिदको रैयान नेशनल इंगलिस बोर्डिङ स्कुलमा अध्यापन समेत गरेका थिए।

भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्यूरोले शिक्षक, धर्मगुरु र राजनीतिक कार्यकर्ता रहेका माैलाना खुर्सिदमाथि निगरानी बढाएको केही महिनामै उनको हत्या भएको हो। विशेष ब्यूरोले २०७४ पुस र माघमा इन्डियन मुजाहिद्दिनका सह–प्रमुख अब्दुल सुभान कुरेसी र जुनैद भनिने आरिज खानलाई नेपालबाट पक्राउ गरेपछि खुर्सिद सक्रिय रहेको खुलासा भएको थियो। उनीहरुको गिरफ्तारीपछि माैलाना खुर्सिदलाई ‘मुख्य जिम्मेवारी’ दिइएको आशंका भारतीय गुप्तचर संस्थाले गरेको थियो।

हत्या गरिएका अन्सारी

हत्या श्रृखंला
काठमाडौंको घण्टाघरमा ९ असोज २०६८ मा इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्यापछि भारतीय गुप्तचर संस्थाले नेपालमा ‘स्टेट वन मर्डर’ ९राज्यको जिम्मेवारीमा हत्या० सुनसरीमा गरेको छ।

केही समय अघि काठमाडौंको जोरपाटीमा भएको एक भारतीय मजदुरको हत्या यही श्रृखंला भएपनि त्यसमा गुप्तचर निकाय चुकेको थियो। गलत पहिचान भएको खुलासापछि चुपचाप बसेका भारतीय गुप्तचर अधिकारीहरुले नेपाल सरकारसँग सल्लाहमै अपराधी र आतंकवादीको ‘बार्टर’ गरिरहेका थिए।

भारतीय सुरक्षा अधिकारीहरुका अनुसार तीन हप्ताअघि दिल्ली विमानस्थलमा काभ्रेका दावा भनिने जितेन्द्र लामाको पक्राउ समेत राज्यद्वारा निर्देशित कारवाहीकै कडी थियो। दावाको हत्या गर्ने योजना बनिरहँदा गुप्तचर निगरानीमा उनलाई भारतका विभिन्न सहर र दुबईसम्म जान दिइएको थियो।

लामामाथि कोलकोत्तामा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा कारवाही भइरहेको छ। स्रोतका अनुसार कारागारमा रहेका गणेश लामालाई समेत ‘डि कम्पनी’ निकट रहेको आशंकमा भारतीय पक्षले निगरानी गरिरहेको छ।

यी घटना, जसले भारतलाई बल पु¥यायो
इन्डियन एयरलाइन्सको आइसी ८१४ को अपहरणपछि नेपालसँग भारत आशंकित हँुदै आएको छ। जसलाई उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा पनि व्यक्त गरेको छ।

आतंककारी संगठन लस्कर ए तोयबाका लाडाकुले ९ पुस ०५६ मा काठमाडौँबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी ८१४ जहाज अपहरण गरेका थिए। भारतीय पक्षले अपहरणमा पाकिस्तानी गुप्तचर संस्था आइएसआइको संलग्नता रहेको आरोप लगाएपनि नेपालमा तोयबाको उपस्थितिले भारतमात्र होइन नेपाल प्रहरीको प्रतिआतंकवाद निर्देशनालय पनि झस्केको थियो।

त्यसपछि एउटा कालखण्ड भारतीय नक्कली नोटको कारोबारको रह्यो। जसमा भारतले पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीलाई रंगेहात पक्राउ गर्न नेपाल प्रहरीलाई सहयोग गरेको थियो।

२० पुस ०५६ मा दूतावासका कर्मचारी बसिम सब्बुर पक्राउ परेपछि ‘पर्सना नन ग्राटा’ सहित फिर्ता गरिएको थियो। त्यसकै सेरोफेरोमा सिराज अहमद सिराज पक्राउ परेर फर्काइएका थिए।

त्यसपछि पाकिस्तानी दूतावासका प्रथम सचिव मोहम्मद अलि चिमालाई १६ किलो घातक विस्फोटक पदार्थ आरडीएक्स भित्र्याएको आरोपमा पक्राउ गरि फिर्ता पठाइएको थियो। यही प्रकरणमा गुलाम हुसेन चिमा र माहिद्दिन सिद्दिकी पक्राउ परेका थिए।

भारतीय संस्थापनले काखी च्यापेका अण्डर वल्र्ड डन छोटा राजनसँगको शत्रुताकै कारण सांसद मिर्जा दिलसाद बेगको हत्या भएको थियो। सरकारी प्रतिवेदन अनुसार राजन समूहका बब्लु श्रीवास्तव, ओपी सिंहले मिर्जाको हत्याका लागि सफिक मोहम्मदलाई पैसा दिएर नेपाल पठाएका थिए। बब्लु श्रीवास्तवको भरपर्दा सहयोगी बिक्की भन्ने बिक्रम बाहीको कृष्णनगर सीमा क्षेत्रमा हत्या भएपछि त्यसको आरोप मिर्जालाई लगाइएको थियो।

यसपछि छोटा राजन समूहसँग आवद्ध भई ०५९ सालमा दाउद इब्राहिम समूहका शरद सेट्ठीको हत्यामा बाल ठाकरेसँगै संलग्न रहेका कमलसिंह नेपालीको नयाँ बानेश्वरमा हत्या भयो। समूह बदलेर दाउदसँग निकट भएपछि आक्रोशित राजन समूहले २४ भदौ ०६३ मा बेलुका बानेश्वरमा उनको हत्या गरेको थियो। यो हत्यामा भारतीय गुप्तचर संस्थाका अधिकारीको चलखेल र सहयोग रहेको उनीहरु स्वयमले भारतीय सञ्चारमाध्यममा स्वीकारेका छन्।

भारतीय गुप्तचर संस्थाहरुको निर्देशन र निगरानीमा १० पुस ०६६ मा बुटवल ४ मैना बगरमा परवेज टान्डा भन्ने सौकत अलि बेगको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरे। त्यस हत्यामा संलग्न मोहमद बकार सहिद रहेको भनी मृतककी श्रीमतीसमेतले लाइसेन्समा रहेको आरोपीको फोटो हेरी सनाखत गरेकी थिइन। पछि यिनै बकारले जमिम शाहलाई गोली हानी हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो।

१९ असोज ०६६ मा नेपालगन्जको लालीगुराँस होटलमा स्थानीय अब्दुल मजिद मनिहारको हत्या भयो। मनिहारले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। 

सञ्चार उद्यमी जमीम शाहको २४ माघ ०६६ मा काठमाडौँको लाजिम्पाटमा हत्या भयो। प्रहरीका डीआइजी राजेन्द्रसिंह भण्डारी तथा पूर्वन्यायाधीश गोविन्द उपाध्यायको छानविन आयोगद्वारा भारतीय आपराधिक समूहबाट हत्या भएको ठहर गरियो। भारतीय अपराधीहरूले उनलाई भारतविरोधीको संज्ञा दिँदै आएका थिए।

नक्कली भारतीय रुपैयाँको कारोबार अभियोगमा जेल सजाय भोगिरहेका युनुस अन्सारीलाई छोटा राजन र बब्लु श्रीवास्तव समूहका मनमित सिंहद्वारा २६ फागुन ०६७ मा जेलमै गोली प्रहार भएको थियो।

र यो पनि, 

मोदी आउनुअघि इन्डियन मुजाहिद्दिनका दुई आतंकवादी भारत पुगे

प्रकाशित ४ असोज २०७५, बिहिबार | 2018-09-20 22:59:52
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं