नासाका यी नेपाली वैज्ञानिक, जसले शताब्दी पुरानो रहस्य सुल्झाए



सुरेन्द्र अधिकारी/Photo: NASA-JPL/Caltech
सुरेन्द्र अधिकारी/Photo: NASA-JPL/Caltech

नेपालमै छँदा समेत हिउँ नटेकेका सुरेन्द्र अधिकारीले कहिल्यै सोचेका थिएनन्, सात समुद्रापारि पुगेरपनि आफूले अनुसन्धान गर्ने प्रमुख विषयहरु मध्ये एक हिउँ नै हुनेछ।

अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेश साइन्स (नासा) को क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याब्रोटरीमा काम गर्दा अधिकारीको अध्ययन गर्ने एउटा विषय बन्यो, संसारमा ठूलो परिणाममा थुप्रिएको हिउँ र त्यो पग्लिने क्रम बढ्दा त्यसले पार्ने असर।

त्यस क्रममा उनले हिमालय क्षेत्रको हिमनदीदेखि समुद्रको सतहसम्म हुने फेरबदलले पृथ्वीमा पार्ने असरबारे अनुसन्धान गर्दैछन्। र, यसैले लमजुङ राइनास नगरपालिकाका ३५ वर्षे अधिकारीलाई संसारमा छुट्टै पहिचान दिएको छ।

दुई वर्षअघि अधिकारीको नेतृत्वमा गरिएको अध्ययन निकै चर्चित भएको थियो।

एरिक आइविंससँग मिलेर गरेको अनुसन्धानलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले निकै महत्वका साथ प्रकाशित गरेका थिए। उनको त्यो अनसुन्धानले एक शताब्दीभन्दा अघिदेखि जीवित रहस्य मेटाएको थियो।

सन् १८९९ देखि नै वैज्ञानिकहरुले ध्रुब र त्यसका चाललाई स्पष्टसँग मापन गर्दै आएका छन्। यो एक दशकमा ध्रुब कहिले पूर्व र कहिले पश्चिममा ढल्कँदै आएको छ। एक प्रकारले भन्दा घडीको पेण्डुुलम जस्तै यताउति भइरहेको छ। अहिले प्रत्येक वर्ष १० सेन्टिमिटरको दरले उत्तरी क्यानडाकाे हड्सन खाडीतर्फ सरेको छ।

एक दशकको समयमा उत्तरी ध्रुव पूर्व र पश्चिमतर्फ सर्ने गरेको भएपनि त्यो किन र कसरी हुन्छ भन्ने विषय रहस्यमै थियो।

तर, यो रहस्यको गुुत्थी तिनै नेपाली युवा वैज्ञानिक अधिकारी नेतृत्वको टोलीको अनुसन्धानले सुल्झाएको थियो।

अनुसन्धानबाट देखिएको निष्कर्ष थियो, जलवायु परिवर्तनको कारण तीब्र रुपमा पग्लिदै गएको उत्तर र दक्षिण ध्रुबमा रहेको हिउँ, सुक्दै गएका क्यास्पियन सी र दक्षिण एशियामा गहिरिदो खडेरी समस्या उत्तरी ध्रुब पूर्वतर्फ सर्नुको मुख्य कारण हो।

भूमध्य रेखाबाट ३० देखि ६० डिग्री अक्षांस क्षेत्रमा तौलमा आउने परिवर्तनले ध्रुबका दिशा र गतिमा हुने परिवर्तनले सबैभन्दा बढी प्रभावित गरेको उनको अनुसन्धानको निष्कर्ष थियो।

‘यस भूभागमा ठूलो बाँध बनाएर पानी जम्मा गर्ने हो भने केही न केही परिणाममा त्यसले पृथ्वीका गतिलाई फरक पार्छ,’ नेपालखबरसँग अधिकारीले भने, ‘मानिसले थाहा पाउने गरी नै पृथ्वीको गतिलाई फरक पार्ने चाहिँ होइन। तर त्यसको गतिको मापन गर्न भने सहजै गर्न सकिन्छ।’

‘त्यो अनुसन्धान सार्वजनिक भएपछि सामान्य मानिसले मात्रै होइन, वैज्ञानिक समुदायका अगुवाहरुले पनि मलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आयो’ अधिकारीले भने, ‘अहिले वैज्ञानिक सम्मेलनहरुमा आमन्त्रित वक्ताको रुपमा बोलाउँछन्। चासोका साथ मेरो कुरा सुन्छन्। त्यसैले केही नयाँ कुरा जानकारी गराउनु पर्ने चुनौति पनि थपिएको छ।’

अहिले पनि विज्ञानका विषयमा लेख्ने संसारभरका पत्रकारहरुले सुरेन्द्रसँग सम्पर्क गर्छन्। ‘म आफैले गरेको अनुसन्धानसँग सम्बन्धित विषय होइन भनेपनि वा कुनै अनुसन्धानसँग सम्बन्धित विषय आयो भने त्यस सम्बन्धी प्रतिक्रिया वा थप कुरा बुझ्नका लागि फोन गर्छन्’ नेपालखबरसँग भाइबरको माध्यमबाट भएको कुराकानीमा अधिकारीले बताए।  

लमजुङ, काठमाडौँ, धरान, बेल्जियम, क्यानडा हुँदै अमेरिका पुगेका अधिकारीले नासाको वेबसाइटमा राखेका बायोडाटामा  बरफ, समुद्री सतह, भूगर्भ, भूगणितकाे विषयमा केही गरेकाे लेखेका छन्। उनले मंगलग्रह र बृहस्पतिकाे उपग्रह युराेपाकाे अनुसन्धानमा पनि संलग्न रहे । अधिकारी नासासँग जोडिएको छ वर्ष पुग्न लाग्यो।

...

नेपाली समयअनुसार आइतबार बिहान कुराकानी गर्दा अधिकारी नासाले पृथ्वीमा रहेको हिउँको अवस्था बारेमा अध्ययन गर्ने भूउपग्रह प्रक्षेपण गरेको निरीक्षण गरेर फर्किएका थिए। त्यो भूउपग्रह क्यालिफोर्नियाको भान्डेनवर्ग एयरफोर्स बेसबाट प्रक्षेपण गरिएको थियो।

‘पहिलेका स्याटलाइटमा भन्दा यसले झनै उच्च गुणस्तरको तस्वीर पठाउने छ’ अधिकारीले भने, ‘त्यसले अहिलेको अनुसन्धानलाई अघि बढाउन झनै मद्दत गर्छ।’

यसैबीचमा सुरेन्द्रले पृथ्वीको चालको बारेमा अनुसन्धान गरेका छन्, जुन अमेरिकी समयअनुसार बुधबार सार्वजनिक गर्ने कार्यक्रम छ।

‘बुधबार (नेपाली समय अनुसार ३ असोज राति) पृथ्वीको परिक्रमाको बारेमा केही नयाँ विषय आउने छ, त्यसको ‘लिड अथर’ (मूल लेखक) म नै हुँ’ अधिकारीले भने, ‘यसै साता गत वर्ष ‘हार्वी हुरिकेन’ सँगै आएको पानी फेरि समुद्रमा कसरी फर्कियो भन्ने बारेमा अर्काे अनुसन्धानको विस्तृत विवरण पनि आउनेछ। त्यसमा चाहिँ मैले म सहयोगीको भूमिकामा छु।’

अधिकारीको मुख्य अनुसन्धानको विषय चाहिँ भार एक स्थानबाट अर्कोमा सर्दा त्यसले ल्याउने परिवर्तन कस्तो हुन्छ भन्ने हो। ‘अहिले तत्काल देखिने असर भन्दा अहिले भएको कुनै घटनाले २०, ४०, ६० वा एक सय वर्षपछि पृथ्वीमा कस्तो असर गर्छ भन्ने अध्ययन गर्दै आएको छु’ उनले भने, ‘पृथ्वीको तौल निश्चित भएपनि त्यो एकै स्थानमा बस्दैन। एक स्थानबाट अर्को स्थानमा सरी रहन्छ। त्यसमा पानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पानी पृथ्वीमा केही न केही परिवर्तन ल्याउँछ र मानव जीवनमा त्यसले असर गरिरहेको हुन्छ।’

...
लमजुङको पूर्वीक्षेत्रमा पर्ने राइनस नगरपालिकाको सौभाग्योदय माविबाट अधिकारीले २०५५ सालमा एसएलसी उतीर्ण गरेका थिए। त्यसपछि उनी राजधानीको अमृत साइन्स कलेजमा भर्ना भए।

उनको प्रतिस्पर्धा जहिले पनि आफ्नै २ वर्ष जेठो दाइसँग हुन्थ्यो। स्कूलमा दाजु प्रथम हुन्थे भने भाई सुरेन्द्र द्वितीय।

‘दाजु र म एउटै क्लासमा पढ्थ्यौँ। दाई प्रकाश अधिकारी जहिले पनि पहिलो हुनुहुन्थ्यो र दोस्रो म हुन्थेँ’ स्कुले जीवन सम्झँदै सुरेन्द्रले भने, ‘त्यो क्रम आइएससी पढ्दासम्म जारी रह्यो।’ 

उनका बाबु शिक्षक थिए। बाबु बालाज्यू अधिकारीको चाहना पनि आम नेपाली आमाबाबुको जस्तै थियो। उनी जेठो छोरालाई डाक्टर बनाउने योजनामा थिए भने सुरेन्द्रलाई इन्जिनियर।

तर बाबुले डाक्टर बनाउने भनेका सुरेन्द्रका दाई अमेरिकामा इन्जिनियर छन्। बाबुले इन्जिनियर बनाउने भनेका सुरेन्द्र चाहिँ वैज्ञानिक।

अस्कलको पढाई सकेपछि सुरेन्द्र बिई गर्न धरान गए। ‘म एग्रिकल्चर इन्जिनियरिङको पहिलो ब्याजी हुँ’ अधिकारीले सम्झे, ‘पहिलो ब्याज भएर हुनसक्छ, मेरो पढाई खासै रूची थिएन तर परीक्षाफल त्यति नराम्रो पनि पनि भएन।’

उतीर्ण हुँदा सुरेन्द्र आइओई (इन्स्टिच्युट अफ इन्जिनिरिङ) मा दोस्रो बढी नम्बर ल्याउने विद्यार्थी थिए।

त्यसपछि उनी बेल्जियमको ‘फ्रि युनिभसिटी’ मा भर्ना भए, भूगर्भ इन्जिनियरिङमा एमई अध्ययनका लागि। ‘बेल्जियममै अनुसन्धानको विषयमा अनुसन्धान चासो बढेको हो’ अधिकारीले भने, ‘जर्नलमा लेख प्रकासित भएपछि हुने चर्चा र सन्तुष्टिले यसतर्फ आकर्षित गर्ंयाे।’

त्यो लेखमा सुरेन्द्रले साठीको दशकमा लिइएको तथ्याङ्कको आधारमा खुम्बु क्षेत्रको हिमनदी ‘एएक्स जिरो वान जिरो’ को बारेमा विश्लेषण गरेका थिए। ‘खासै नाम चलेको हिमनदी होइन त्यो, त्यसैले त्यसको नामपनि थिएन’ अधिकारीले सम्झे।

बेल्जियमबाट एमई सकेपछि उनी थप अध्ययनका लागि क्यानडा गए। क्यालगेरी विश्वविद्यालय (क्यानडा) बाट विद्यावारिधी गरे। उनको भनाईमा, उनले विद्यावारिधि गरेको विषय सैद्धान्तिक विषयमा केन्द्रित थियो।

‘कसरी अन्टार्टिका र अन्य स्थानमा बरफ पग्लिन्छ भनेर अध्ययन गरेको थिएँ’ अधिकारीले भने, ‘पिएचडी सकेपछि दुई महिना जति नेपाल बसेँ। त्यसपछि नासाले बोलायो, यतै काम गर्न थालियो।’

प्रकाशित ३ असोज २०७५, बुधबार | 2018-09-19 19:10:49
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...