निर्मला हत्या प्रकरण: उच्चस्तरीय समितिबाहेक पनि छुट्टै अनुसन्धान भइरहेको गृहमन्त्रीको खुलासा

‘अपराधी छिटो पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट म छु’


Kshamadevi Group


फाइल तस्बिरः गृहमन्त्री थापालाई ज्ञापनपत्र दिँदै निर्मलाका आमाबुबा
फाइल तस्बिरः गृहमन्त्री थापालाई ज्ञापनपत्र दिँदै निर्मलाका आमाबुबा

गृहमन्त्री रामबहादुर थापा (बादल) ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन्।

निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डलालाई आज गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ।’

गृहमन्त्री थापाले निर्मलाको हत्याराको नजिक सरकार पुगिसकेको दावी गर्दै दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिबद्धता ब्यक्त गरे।

‘कञ्चनपुर घटनामा हामिले सुरुदेखिनै ध्यान दिएका हौँ, घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौँ’ गृहमन्त्री थापाले भने, ‘त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरिएको छ। समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ।’

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिईने गृहमन्त्रीले स्पष्ट पारे।

दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताएका थिए।

स्व. निर्मलाका आमा, बुबाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीसँग आग्रह गरेका थिए।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 19:14:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।