४५ हजार धरौटीमै छुटे ३० बाघका शिकारी


Infocus



सर्वोच्च अदालतले दुर्लभ बन्यजन्तुको चोरी शिकारी र अवैध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका नाइके लोडु डिमेलाई ४५ हजार धरौटीमा असार २८ गते छाड्ने आदेश दिएको खुलेको छ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा घटनाको पाँच बर्षपछि पक्राउ परेका लोडु डिमेलाई सर्वोच्च अदालतका न्यायाधीश मिरा खड्का र डम्बरबहादुर शाहीको इजलासले २८ असारमा रिहा गर्न आदेश गरेको हो।

खड्का र शाहीको संयुक्त इजलासले लोडु डिमेलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको १९४ नम्बरको सुविधा दिने आदेश दिएको छ।

यो आदेशमा लोडु डिमेले सर्वोच्चमा दिएको पुनरावलोकन निवेदन उपर समेत सुनवाई भइरहेको जनाइएको छ। अंगीकृत नेपाली नागरिकता बोक्ने तिब्बती मूलका नेपाली डिमे २०६९ पुस २८ को एउटा घटनामा नुवाकोट जिल्ला अदालत र पुनरावेदन अदालतबाट कैद सजाय फैसला भएका अभियुक्त हुन्। मुख्य आरोपी रहेको सो घटनामा उनले ३० वटा बाघको शिकार गरेर त्यसका आखेटोपहार चीन तस्करी गरिरहेका थिए।

छ बर्षअघि घटना लगत्तै फरार रहेका लोडु डिमेले घटनाको तीनवर्ष पछि उनको नाममा काटिएको म्याद तामेल भएको जानकारी अदालतलाई गराएका थिए। यस्तै उनले पक्राउ परेको एक महिनापछि ३० चैत २०७४ मा कारागार मार्फत पुनरावेदन–पत्र सर्वोच्चमा पठाएका थिए। 

त्यतिबेला सर्वोच्च प्रशासनले उनको पुनरावेदन–पत्र बदर गरेको थियो। त्यसपछि डिमेले ७ जेठ २०७५ मा अर्को रिट निवेदन दर्ता गराएका थिए।

सर्वोच्चका न्यायाधीशद्वय खड्का र शाहीको इजलासले सर्वोच्च प्रशासनको पछिल्लो आदेश त्रृटीपूर्ण भएको भन्दै बदर गरेको छ। यस्तै डिमेको मुद्दा अदालतमा बिचाराधीन रहेको भन्दै उनलाई कैद बापत प्रतिबर्ष ९ हजारका दरले पाँच वर्षको ४५ हजार नगद धरौटी लिएर तारेखमा रिहा गर्न आदेश गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो र इन्टरपोलको काठमाडौं एनसिबीले २१ फागुन २०७४ मा पक्राउ गरेर डिमेलाई कैद भुक्तानका लागि नुवाकोट पठाएको थियो। तत्कालिन पुनरावेदन अदालत पाटनले एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय दिने फैसला गरेका लोडु डिमे सर्वोच्च अदालतलको आदेशले ४५ हजार नगर बुझाएर दुई महिनाअघि रिहा भएका हुन्।

सर्वोच्च अदालतका सह–रजिष्ट्रारले नेत्रप्रकाश आचार्यले २९ असार २०७५ मा लोडु डिमेलाई थुनामुक्त गर्ने पत्र–आदेश गरेका थिए। उनको आदेश पत्र प्राप्त भएपछि नुवाकोट कारागारले डिमेलाई रिहा गरेको हो।

लोडु डिमेसँग २०५६ मंसिर १४ मा काठमाडौंबाट जारी भएको नेपालको अंगीकृत नागरिकता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। भारतको देहरादूनमा जन्मिएका उनी भारतकै प्रहरीको समेत अनुसन्धान घेरामा रहेका कुख्यात अपराधी हुन।

नेपाललाई संकलन केन्द्र बनाएर भारत, बंगलादेश र श्रीलंकाबाट बन्यजन्तुका आखेटोपहार र त्यसबाट बनेका सामाग्री चीन र युरोप पठाउन डिमे सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

अपराध अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीका अनुसार जिमी शेर्पाका नामले धन्दा चलाइरहेका डिमेले स्थलमार्ग हुँदै चीनमा आखेटोपहारको तस्करी गर्दै आएका थिए।

नेपालबाट फरार, भारतमा अन्तर्राष्ट्रिय ब्यापार
नेपालबाट फरार रहेका डिमेको भारतमा करोडौंको व्यापार र लगानी रहेको अनुसन्धानमा खुलेको छ। डिमेले भारतीय राजनीतिक नेतृत्वको सहयोगमा प्राविधिक क्षेत्रमा लगानी गरेको खुलेको हो।

प्रहरी अनुसन्धानमा डिमेको दिल्ली एनसिआरमा मात्र चारवटा आलिसान फल्याट र घर रहेको खुलेको हो। नेपालखबरलाई प्राप्त विवरण अनुसार डिमेको नोयडा सेक्टर–२९ को गंगा सपिङ कम्पलेक्स, नोयडाकै सेक्टर–४, सेक्टर–७ र दिल्लीको सिआर पार्क कालाजीमा घर र कार्यालय रहेका छन्।

डिमेले अमेरिकामा बस्ने बिट्टु कुमार, अभिषेक कुमार, नरेन्द्रकुमार र विनय सिंहसँगको संयुक्त लगानीमा हिभिगो इनोभेसन, प्रोफिट मिसाइल, अन्तर्राष्ट्रिय ब्रान्ड क्रेजी मन्चको शाखा, फेसन टिभी शैलुन तथा स्पा, नेट फोर्स इन्फोटेक र इन्टरस्लाईस आइटेस नामक कम्पनी संचालन गरिरहेका छन्।

भारतीय केन्द्रीय अन्वेषण ब्यूरो (सिबिआई) र अनुसन्धान एजेन्सीले डिमे भारतको मध्यप्रदेशमा समेत बाघको चोरी शिकारीमा संलग्न रहेको आशंकामा अनुसन्धान गरिरहेका समयमा इन्टरपोलले पक्राउ गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरुले सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई समेत डिमेको सम्पत्तीको अनुसन्धानका लागि पत्र लेख्ने तयारी गरिरहेका बेला उनी रिहा भएका हुन्।

प्रहरी अधिकारीहरुका अनुसार डिमेले नेपालमा रहेको सम्पत्ति बेचबिखन गरिसकेका छन्। उनको जोरपाटीमा रहेको घर समेत बिक्रीको तयारी भइरहेको छ।

यस्तो छ डिमेको अपराध
२०६९ पुस २८ गते काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको आइसर गाडी नुवाकोट पुगेपछि प्रहरीले खानतलासी गर्दा बाघको छाला पाँच थान र बाघको हड्डी र दाँत बरामद गरेको थियो। प्रहरी अनुसन्धानमा वन्यजन्तुका ती अवशेष लोडु डिमेले चीन तस्करी गर्न लागेको खुलेको थियो। प्रहरीले घटनाको दोस्रो दिन बौद्धस्थित डिमेको घरमा छापा मारेर ठूलो मात्रामा अवैध रकम र वन्युजन्तुको आखेटोपहार सहित श्रीमती डिकी छिरिङलाई पक्राउ गरेको थियो।

२०६९ माघ १ मा बौद्धस्थित डिमेको घरमा प्रहरीले छापा मार्दा त्यहाँबाट ३९ लाख नेपालीसहित भारतीय, चिनियाँ, अमेरिकी मुद्रा तथा मानवको जस्तो देखिने हड्डीको खप्पर चार थान बरामद गरेको थियो। उनको घरबाट विभिन्न जातका वन्यजन्तुको हड्डीका टुक्रा दश थान, वन्यजन्तुको छालाबाट बनेको लुगा १२ थान बरामद भएको थियो।

नुवाकोट प्रहरीले डिमे, उनकी श्रीमती डिकी, गाडी चालक नकुल तामाङ र सवारी धनी सुकबहादुर तामाङलाई प्रतिवादी बनाएर जिल्ला बन कार्यालय नुवाकोटमा मुद्दा बुझाएको थियो।

जिल्ला बन कार्यालयले २०७० असार १३ मा डिमेलाई फरार रहेकै अवस्थामा एकलाख जरिवानाको आदेश गरेको थियो। यस्तै डिकी र सुकबहादुरलाई जनही ६० हजार र चालक नकुललाई एक लाख धरौटीमा रिहाको आदेश गरेको थियो।

सोही मुद्दामा पुनरावेदन अदालत पाटनको संयुक्त इजलासले २०७१ फागुन १२ मा डिमेलाई मुख्य दोषी ठहर गर्दै ५ बर्षको कैद सजायको फैसला सुनाएको थियो। 

प्रकाशित २८ भदौ २०७५, बिहिबार | 2018-09-13 18:40:31
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...