निर्मला हत्याकाण्डः बेहोसीमै टिचिङ सारिए खुट्टा काटिएका अर्जुन, अवस्था गम्भीर


Infocus


अर्जुन भण्डारा
अर्जुन भण्डारा
NIC ASIA

मनमोहन कार्डियोलोजी सेन्टरमा उपचाररत कञ्चनपुरका घाइते अर्जुन भण्डारालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल सारिएको छ। एउटा खुट्टा काटिएका अर्जुनको अवस्था थप गम्भीर बनेको पारिवारिक स्रोतले जनाएको छ।

निर्मला पन्तको बलात्कार तथा हत्या विरुद्ध भदौ ७ गते महेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा उनलाई गोली लागेको हो। सोही दिन काठमाडौं ल्याइएका अर्जुनको भदौ १४ गते देब्रे खुट्टा काटिएको थियो। उनको अझै होस आएको छैन।

यद्यपी अर्जुनको अवस्थाबारे अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन। तर, अस्पताल स्रोतका अनुसार उनको मस्तिस्कको केही भागले काम गर्न सक्ने अवस्था छैन। यदी यस्तै अवस्था रहेमा उनी मस्तिस्कको समेत अपाङ्ग बन्न सक्नेछन्।

अस्पतालमा अचेत अर्जुन भण्डारा

अस्पतालमा अचेत अर्जुन भण्डारा

अर्जुनलाई शिक्षण अस्पतालको आइसियु ४ नं बेडमा राखेर उपचार गरिँदैछ। गोली लागेर नसाहरु क्षतविक्षत भएको खुट्टा काटेर फालेपछि बाँकी नसाहरु ठिक भएको र घाउ पनि पुरिंदै गएको उपचाररत चिकित्सकको भनाई उदृत गर्दै अर्जुनका दाजु योगेशले बताए। तर, टाउकोको अवस्था भने भन्न नसकिने चिकित्सकको भनाई रहेको पनि योगेशले जानकारी दिए।

महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रहरीले विभिन्न असान्दर्भिक व्यक्तिहरुलाई अपराध कबोल गराउन पक्रेर यातना दिने काम गरिरहेको प्रति स्थानीयको आक्रोश बढ्दै थियो। त्यही क्रममा घटनाको २६औँ दिनमा मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि स्थानीय थप आक्रोसित बनेका थिए।

वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै भदौ ७ गते भएको प्रदर्शनमा अर्जुनलाई गोली लागेको हो। स्थानीय मर्निङ ग्लोरी स्कूलबाट कक्षा १२ पास गरेका अर्जुन इन्जिनियरिङ अध्ययन गर्ने तयारी गर्दै थिए।

अर्जुनसँगै त्रिवि शिक्षण अस्पतालमै कञ्चनपुरका अर्का घाइते उमेश देउवाको पनि उपचार भइरहेको छ। उमेशलाई बायाँ खुट्टा र दायाँ हातमा गोली लागेको छ। अस्पतालको ४१४ नं वार्डमा राखिएका उमेशको खुट्टाको गोली निकालिसके पनि हातमा लागेको छर्रा अझै निकाल्न सकिएको छैन।

 

उमेशको अहिले पनि हात खुट्टा चल्दैन। रंगरोगनको काम गर्ने कमजोर आर्थिक अवस्था भएका उमेशका बुवा यज्ञले औषधि उपचारको खर्च अस्पतालले ब्यहोरिरहेपनि बाहिरी खर्चका लागि समस्या रहेको बताए।

कञ्चनपुरको सुडास्थित घटाल उच्च माविमा कक्षा ९ मा पढ्ने उमेशलाई ८ भदौमा गोली लागेको हो। उनीसँगै गोली लागेका अर्का बालक सनि खुनाको मृत्यु भएको थियो।

शिक्षण अस्पतालमा अन्य घाइतेहरु चेतन भट्ट, तेजराज र मञ्जु गिरी उपचार गरी घर फर्किसकेका छन्। हातमा गोली लागेका चेतन र टाउकोमा गोली लागेका तेजराजलाई अस्पतालले भदौ १४ र लाठी प्रहारबाट घाइते भएकी मञ्जुलाई १५ गते डिस्चार्ज गरेको थियो। आन्दोलनमा गम्भीर घाइते सुरेश चटौतलाई भने आफन्तले भारतको भोजिपुरा लगेर उपचार गराएका थिए।

बालिका निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन भएको आन्दोलनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेर एक जनाको ज्यान लियो भने कैयौंलाई घाइते बनायो। घटनासँग असम्बन्धित व्यक्तिहरु चक्र बडु, हेमन्ती भट्ट, मानसिक रोगी जीवन घर्तिमगर, यौनरोगी दीपक नेगी लगायतलाई पक्राउ गरी शारीरिक र मानसिक यातना दियो। अन्त्यमा अर्का मानसिक रोगी दिलीपसिंह विष्टलाई खोजेर घटनाको मुख्य अभियुक्तको रुपमा सार्वजनिक गर्यो।

तर, प्रहरीका यि सबै प्रयास घटनालाई अन्यत्र मोड्न र वास्तविक अपराधी लुकाउन गरिएका प्रयास थिए भन्ने कुरा स्पष्ट भइसकेको छ। मुख्य अभियुक्त भनिएका दिलीपको डिएनए म्याच नगरेपछि अदालतले उनलाई हिरासतमुक्त गरिसकेको छ।

यद्यपी कञ्चनपुरमा उच्च तहका छानविन समिति गएर काम गरिरहेका छन्। तर, घटना घटेको करिब डेढ महिना बितिसक्दा समेत अपराधी पत्ता नलाग्नुले अझै आशंका कायम रहेको उमेशका बुवा यज्ञ बताउँछन्।

घाइते अर्जुनका दाजु योगेश भन्छन्, ‘अनाहकमा मारिएका सनि खुना, घाइते अर्जुन र उमेश तथा जवर्जस्ती अपराध कबोल गर्न हिरासतमा राखेर शारीरिक र मानसिक यातना दिइएका ब्यक्तिहरुले त्यतिबेला सम्म न्याय पाउने छैनन् जवसम्म वलात्कारी र हत्यारालाई सार्वजनिक गरी कडा कारवाही गरिनेछैन।' 

त्यो सँगै निर्दोष नागरिकमाथि अनावश्यक बल प्रयोग गर्ने र अपराध लुकाउन भूमिका खेल्ने प्रहरी अधिकारीहरुलाई पनि कठोर कारवाही गर्नुपर्ने यि पीडितहरुको माग छ।

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 23:47:15
Max TV
Max TV
Zen Travels

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।