निर्मला हत्या प्रकरणः मुख्य आरोपी भनिएका विष्ट हाजिरी जमानीमा छुटे



निर्मला पन्तको हत्यारा दावी गरिएका बिष्ट (कालो मास्क लगाइएका)
निर्मला पन्तको हत्यारा दावी गरिएका बिष्ट (कालो मास्क लगाइएका)

कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी भनेर प्रहरीले सार्वजनिक गरेको दिलीपसिंह विष्टको डिएनए मेल नखाएपछि अदालतको आदेशमा रिहा भएका छन्।

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको हो। विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको थियो।

डीएनए नमिलेपछि दिलीपलाई आजै हाजिरी जमानीमा रिहा गर्न अदालतबाट आदेश भएको जिल्ला सरकारी वकिल खेमराज भट्टले नेपालखबरलाई बताए।

यस्तै, बम दिदीबहिनीलाई पनि हिरासतमुक्त गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ। दिदी बबितालाई तीस हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न आदेश भएको जिल्ला सरकारी वकिल भट्टले जानकारी दिए।

निर्मला पन्तको बलात्कार र हत्या भएको २६ औं दिन भदौ ४ गते विष्टलाई प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। तर, प्रहरीले घटना अन्यत्रै मोड्न मानसिक सन्तुलन ठिक नभएका दिलीपलाई मुख्य आरोपी बनाएर सार्वजनिक गरेर फसाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्केको थियो। प्रहरीले वास्तविक अपराधी उम्काउन विष्टलाई फसाएको स्थानीय र पीडित परिवारले आरोप लगाउँदै आएका छन्।

यद्यपी दिलीपको मानसिक सन्तुलन बिग्रेको नदेखिएको भट्टले बताए। दिलीपलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। शिक्षण अस्पतालमा १० दिनसम्म राखेर स्वास्थ्य परीक्षण गरिएका विष्टलाई अघिल्लो शुक्रबार महेन्द्रनगर लगिएको थियो। उनलाई आइतबार कञ्चनपुर जिल्ला अदालतले चार दिनको म्याद थपेको थियो।

दिलीपलाई उनका दाजु खडकसिंह विष्टको जमानीमा छोडिएको र बबिता र रोशनी बमलाई बाबु दिपेन्द्रबहादुर बमको जिम्मा लगाइएको कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए।

दिलीपलाई छाडेपछि गरीबले पनि न्याय पाउँदो रहेछ भन्ने आभाष भएको दाजु खडकसिंहले बताए।

नेपालखबरसँग कुरा गर्दै उनले दिलीपलाई जवर्जस्ती फसाउने षडयन्त्र असफल भएको बताए। अब निर्मलाको परिवारले पनि न्याय पाउने आशा जागेको खडकको भनाई छ।

प्रकाशित २६ भदौ २०७५, मंगलबार | 2018-09-11 17:23:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।