अख्तियारको ‘स्ट्रिंग अप्रेशन’: यी हुन् रंगेहात फन्दामा परेका सहसचिवदेखि प्रहरी निरीक्षकसम्म (सूचीसहित)


Kshamadevi Group


अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले प्रहरी उपरीक्षकको कमाण्डमा गठन गरेको विशेष टोलीले एकवर्षमा ९८ वटा ‘स्ट्रिंग अप्रेशन’ गरेको छ। सेवाग्राही, पीडित र सूचना संयन्त्रले दिएको जानकारीका आधारमा भएका यस्ता अप्रेशनमा आर्थिक वर्ष २०७४–०७५ मा १ सय ५४ जना सरकारी कर्मचारी घुस रकमसहित फन्दामा परेका छन्।

आयोगको तथ्यांक हेर्दा सबैभन्दा बढी घुस्याहा प्राविधिक क्षेत्रका कर्मचारी रहेको देखिन्छ। जस अनुसार गत आर्थिक वर्षमा १३ जना इन्जिनियर र १५ जना प्राविधिक नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन्। तिनमा जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका उपसचिव केदार शर्मा ६ लाख नगद र १४ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न बैंकका चेकसहित पक्राउ परेका थिए।

अख्तियारले कार्यालय, होटल-रेष्टुरेन्ट र घरमा निगरानी बढाएपछि ‘राष्ट्रसेवक’ कर्मचारीहरुले सडकलाई नै घुस लेनदेनको ‘स्पट’ बनाएको तथ्य समेत खुल्यो। बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत र इन्जिनियर महाराजगञ्ज गाडीमा घुस लिदाँलिदै पक्राउ परेका थिए।

आयोगको टोलीले बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लीला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई ५ लाख घुससहित पक्राउ गरेको थियो। उनीहरु दुबैले प्रचलित रुपमा होटल र रेष्टुरेन्टमा हुने लेनदेन भन्दा सडक क्षेत्रलाई घुस लेनदेनको ‘स्पट’ बनाएका थिए।

उपसचिव लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठ

उपसचिव लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठ

आयोगका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालका अनुसार रङ्गेहात घुससहित पक्राउ पर्नेमा सहसचिव ३ जना, उपसचिव ७ जना, डिएसपी १ जना, शाखा अधिकृत २२ जना, इञ्जिनियर १३ जना र राजपत्र अनंकित र सहायकस्तरका कर्मचारीहरूसहित अन्य व्यक्तिहरू १सय ८ जना रहेका छन्।

यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्रालयका १९, गृह मन्त्रालयका १४, स्वास्थ्य मन्त्रालयका ६, शिक्षा मन्त्रालयका ५, वन तथा भूसंरक्षण मन्त्रालयका ४, संघीय मामिला मन्त्रालयका १८, उर्जा मन्त्रालयका १०, अर्थ मन्त्रालयका ५, श्रम तथा रोजगार मन्त्रालयका ४ र अन्य १२ जना सरकारी कर्मचारी घुस सहित कारवाहीमा परेको सहसचिव दंगालले बताए।

आयोगमा परेका १९ हजार ४ सय ८८ उजुरीमध्ये १२ हजार ४ सय उजुरी फर्स्योट भएका छन्। यस्तै, ६ हजार ४ सय ५८ उजुरी सिधै र २ सय ६२ उजुरीमा सुझाव सहित तामेलीमा राखिएको छ।

आयोगले ५ सय ४६ उजुरीमाथि बिस्तृत अनुसन्धान गरेको छ। अनुसन्धानका लागि ४ हजार ५ सय ४७ सम्बन्धित कार्यालयलाई सिफारिस भएको छ भने ५ सय ८७ उजुरी अन्यमा गाभिएको छ।

घुस रकमसहित रंगेहात पक्राउ परेका कर्मचारीको सूची:

डा. रमेशविक्रम सिंह-सहसचिव (उपमहानिर्देशक, स्वास्थ्य सेवा विभाग)
रकमः १० हजार

विश्वराज पाण्डे-महानिर्देशक (वैदेशिक रोजगार विभाग)
रकमः १० लाख

डा. रामदेव यादव- निमित्त निर्देशक (आयुर्वेद चिकित्सालय नरदेबी)
रकम: ३७ हजार

प्रकाशप्रसाद पोखरेल- उपसचिव (भुमि सुधार कार्यालय, सप्तरी)
रकमः १ लाख ५० हजार

सुन्दर भट्टराई- उपसचिव (यातायात व्यवस्था कार्यालय)
रकमः ३२ हजार

केदार शर्मा- उपसचिव (प्राविधिक) (जिल्ला प्राविधिक कार्यालय, कन्चनपुर)
रकमः ६ लाख (नगद), १४ लाख ७० हजार (चेक)

पुरुषोत्तम सुवेदी: निर्देशक (वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग)
रकमः १० हजार

खगेन्द्रप्रसाद सुवेदी: उपसचिव (शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी)
रकमः ५० हजार

सुरेन्द्र पराजुली- उपसचिव (जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु )
रकमः २ लाख ८० हजार

लिला अधिकारी- कार्यकारी अधिकृत (बुढानिलकण्ठ नगरपालिका)
रकमः ५ लाख

नविनकृष्ण भण्डारी- प्रहरी नायब उपरीक्षक (महानगरीय प्रहरी बृत्त, बालाजु)
रकमः ५ लाख

विश्वनाथ शर्मा: शाखा अधिकृत (मालपोत कार्यालय, बाग्लुङ)
रकमः १० हजार

रामप्रकाश शाह- शाखा अधिकृत (प्राविधिक, जिल्ला जनस्वास्थ्य कार्यालय, झापा)
रकमः २ लाख

यमलाल ढकाल: शाखा अधिकृत (यातायात व्यवस्था कार्यालय, सुकेधारा काठमाडौँ)
रकमः ३२ हजार

कृतिबल्लब पौडेल- शाखा अधिकृत (वैदेशिक रोजगार विभाग)
रकमः १० लाख

लेखनाथ सापकोटा- शाखा अधिकृत (गुठी संस्थान, थापाथली)
रकमः २ लाख

प्रविणकुमार झा- शाखा अधिकृत (जिल्ला जनस्वास्थ्य कार्यालय, गौर)
रकमः १ लाख

बिकास ध्वजु- शाखा अधिकृत (नापतौल तथा गुणस्तर विभाग)
रकमः ५ लाख

चक्रबहादुर श्रेष्ठ- शाखा अधिकृत (मालपोत कार्यालय, भक्तपुर)
रकमः ५० हजार

चरामणी चापागाई- शाखा अधिकृत (भुमि सुधार कार्यालय, भक्तपुर)
रकमः ४ लाख

रामप्रसाद ढुङ्गाना- शाखा अधिकृत (वैदेशिक रोजगार विभाग)
रकमः ५० हजार

बासुदेवकुमार यादव- शाखा अधिकृत (कल्याणपुर नगरपालिका, सिरहा)
रकमः २० हजार

सुरेसप्रसाद दास- शाखा अधिकृत (जिल्ला प्रशासन कार्यालय, सर्लाही)
रकमः ५० हजार

रामबहादुर यादव- शाखा अधिकृत प्राविधिक (जिल्ला प्राविधिक कार्यालय, सिरहा)
रकमः ८ हजार

गोविन्दप्रसाद भुर्तेल- शाखा अधिकृत प्राविधिक (सिंचाई विकास डिभिजन, कास्की)
रकमः ५० हजार

सुशिल चापागार्इं- शाखा अधिकृत–प्राविधिक (काठमाडौँ महानगरपालिका)
रकमः १० हजार

रत्नेशकुमार चौधरी- शाखा अधिकृत प्राविधिक (नेपाल बिद्युत प्राधिकरण)
रकमः ९ हजार ५ सय

अन्जयकुमार देव- शाखा अधिकृत- प्राविधिक (जिल्ला प्राविधिक कार्यालय, जाजरकोट)
रकमः ८५ हजार

निसार अहमद खान- शाखा अधिकृत प्राविधिक (नेपाल बिद्युत प्राधिकरण, नेपालगञ्ज)
रकमः १५ हजार

अजयकुमार ठाकुर- शाखा अधिकृत प्राविधिक (जिल्ला प्राविधिक कार्यालय रौतहट)
रकमः ४५ हजार

तेजराज खड्का- शाखा अधिकृत (प्राविधिक- डुडुवा गाउँपालिका, बाँके)
रकमः १ लाख

मजिद खाँ- शाखा अधिकृत (प्राविधिक- बैजनाथ गाउँपालिका, बाँके)
रकमः २५ हजार

शेखरनाथ खनाल- शाखा अधिकृत (प्राविधिक (खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, काभ्रे)
रकमः १ लाख ३० हजार

बिजेन्द्र श्रेष्ठ- शाखा अधिकृत प्राविधिक (बुढानिलकण्ठ नगरपालिका)
रकमः ५ लाख

छविन्द्रबिक्रम खाँड- शाखा अधिकृत– करार (प्राविधिक- जिल्ला शिक्षा कार्यालय, कास्की)
रकमः १ लाख

शिवशंकर कुसियत: कृषि प्रसार अधिकृत (कृषि डिभिजन कार्यालय, झापा)
रकमः ६ हजार

ब्रह्मदेव चौधरी: सहायक वन अधिकृत (इलाका बन कार्यालय, कपिलवस्तु)
रकमः ३ लाख

रोहितकुमार शाह: सहायक बन अधिकृत (जिल्ला बन कार्यालय, रुकुम)
रकमः २३ हजार

राजेन्द्रकुमार लालकर्ण: उद्योग अधिकृत (जिल्ला उद्योग विकास शाखा सिरहा)
रकमः २ लाख

श्यामबाबु साह: प्रमुख नापी अधिकृत (नापी कार्यालय, उदयपुर)
रकमः ५० हजार

भागवत साह: नापी अधिकृत (नापी कार्यालय साँखु, काठमाडौं)
रकमः २ लाख ५० हजार

जगदीशप्रसाद काफ्ले: सहायक प्रवन्धक (राष्ट्रिय वाणिज्य बैंक बर्दिबास, महोत्तरी)
रकमः ५० हजार

तपेन्द्र भट्टराई: फार्मेसी अधिकृत (औषधी व्यवस्था विभागको कार्यालय, बाँके)
रकमः ५० हजार

पुष्प राना क्षेत्री: फार्मेसी निरीक्षक (औषधी व्यवस्था विभागको कार्यालय, बाँके)
रकमः २८ हजार

रामहरि पोखरेल: अधिकृत (बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग)
रकमः १० हजार

इन्दिरा गौतम खनाल- शाखा अधिकृत (घरेलु तथा साना उद्योग कार्यालय)
रकमः ९ हजार

हरिहर सुनुवार: प्रहरी निरीक्षक (महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्क, काठमाडौँ)
रकमः ५० हजार

काले बम्जन लामा- सशस्त्र प्रहरी निरीक्षक (बोर्डर आउट पोस्ट, सुनसरी)
रकमः २५ हजार

प्रकाशित २६ भदौ २०७५, मंगलबार | 2018-09-11 16:37:51
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।