ठमेलमा आगलागी अपडेटः पाँच जनाले हाम फालेर ज्यान जोगाए




मंगलबार बिहान काठमाडौंको ठमेलस्थित एक घरमा भएकाे भीषण आगलागीका क्रममा पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन्।

ठमेलको ज्याठास्थित सुमनमान स्थापितको ६ तले घरमा आगलागी हुँदा घरमा रहेका पाँच जनाले हाम फालेर ज्यान जोगाएका हुन्।

हामफाल्दा घाइते भएका तीन जनाको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अुनसार सुवर्ण स्थापित, रामलाल श्रेष्ठ र अञ्जना श्रेष्ठको उपचार ट्रमा सेन्टरमा भइरहेको हो। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको नाम खुलेकाे छैन।  

स्थापितको घर भाडामा लिएर पेम्बा दोर्जेले खोलेको हिमालय ट्रेकिङ पसलमा आगलागी भएको हो।

पानी तान्ने मोटरमा विद्युत् सर्ट भई बिहान पौने ४ बजे सुरु भएको आगलागी पहिलो तलामा रहेको अक्सिजन ग्यास सिलिन्डर स्टोरमा सल्केको थियो।

आगलागीबाट भरिएको ग्यास सिलिन्डर ३० थान, खाली ५० थान क्षति भएको प्रहरीले जनाएको छ।

आगलागी चौथो तलासम्म पुगे पनि बेलैमा नियन्त्रणमा लिएकाले ठूलो मानवीय क्षति हुनबाट बचेको प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए। 

प्रारम्भिक अनुमानअनुसार १० करोड रुपैयाँभन्दा माथिकै धनमाल नष्ट भएको उनले बताए। क्षतिकाे एकिन विवरण अाउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। 

यो पनिः 

ठमेलमा आगलागीः ‘भाग्यवश ठूलो मानवीय क्षती भएन’

काठमाडौंको ठमेलमा भीषण आगलागी, १० करोडभन्दा बढी क्षति


प्रकाशित २६ भदौ २०७५, मंगलबार | 2018-09-11 10:04:12
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...