निर्मला पन्त हत्या प्रकरण: छानबिन समितिका केसीलाई मार्ने धम्की दिने को हो?



छानविन समिति सदस्य वीरेन्द्र केसी
छानविन समिति सदस्य वीरेन्द्र केसी

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याबारे छानविन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीले आफूले ज्यान जोखिममा पारेर काम गर्न नसकेका कारण राजीनामा दिएको बताएका छन्।

उच्चस्तरीय छानविन समितिबाट सोमबार राजीनामा दिएका समिति सदस्य केसीले नेपालखबरसँग कुरा गर्दै छानविन समितिमा बसेर काम गरेका कारण आफू र आफ्नो परिवारको ज्यान जोखिममा रहेको बताएका हुन्।

यद्यपी, ज्यान मार्ने धम्की कोबाट आएको हो, त्यो उनले खुलाउन चाहेनन्। तर धम्की आएको भने पुष्टि गरे। ‘म अप्ठ्यारो परिस्थिति नपरिकन किन समितिबाट बाहिरिन्थेँ?’ केसीले भने, ‘त्यो त तपाईंहरुले पनि बुझ्न सक्नुहुन्छ। त्यत्तिकै बाहिरिने भए त पहिले नै समिति छोड्थेँ नि!’

उनले आफू असुरक्षित भएको कुरा पनि दोहोर्‍याए। काठमाडौँमा पत्रकार सम्मेलन गरेर समितिबाट राजीनामा दिएका केसी पत्रकार सम्मेलनपछि हाजिर हुन गृह मन्त्रालय गएका थिए।

समितिमा बसेर निर्मला पन्तका हत्यारालाई सजाय दिन नसक्ने निष्कर्षका साथ आफू समितिबाट बाहिरिएको पनि केसीले बताए। उनले भने, ‘म त्यो समितिमा रहेर निर्मला पन्तका वास्तविक हत्यारा-अपराधीलाई सजाय दिन सक्दिन र निर्मला पन्तको परिवारलाई न्याय दिन पनि सक्दिन।अपराधीलाई सजाय र पीडितलाई न्याय दिन नसक्ने भएपछि त्यो पदमा किन बस्ने?’

‘त्यसो भए समितिले गरेका कामप्रति नै तपाईंको असहमति हो त?’ भन्ने प्रश्नमा केसीले केही बताउन चाहेनन्। ‘मैले समिति छोडिसकेको छु, त्यसकारण समितिबारे केही बोल्दिन’ उनले भने, ‘त्यहाँ म भन्दा सिनियर साथीहरु हुनुहुन्छ, समितिले आफ्नो काम गरेर प्रतिवेदन देला।’

उनले समितिमा रहेर अहिलेसम्म गरेका कामबारे पनि खुलाउन चाहेनन्। तर सबै कुरा खुलाउँदा समाजमा अशान्ति हुने आशंका ब्यक्त गरे। उनले भने, ‘म कर्मचारी भएकाले पनि अनुसन्धानभित्रका सबै कुरा खोल्न मिल्दैन। मैले केही कुरा खोल्दा समाजमा अस्थिरता फैलिन पनि सक्छ। त्यसैले छानबिनका कुरा भन्न सक्दिनँ।’

उनले कञ्चनपुरबासीको आन्दोलन जायज रहेको बताए। साथै, त्यहाँका जनताप्रति आफ्नो सहानुभूति रहेको पनि उल्लेख गरे।

समिति सदस्यले नै ज्यान जोखिममा पारेर छानविन गर्न नसक्ने अवस्था आएपछि निर्मला बलात्कार तथा हत्याकाण्डबारे कैयौं प्रश्नहरु उब्जिएका छन्। समितिका सदस्यले नै समितिमा बसेर अपराधीलाई सजाय दिन नसकिने भयो भनेपछि के अब निर्मलाले न्याय पाउँदिनन् त?

यसबारे केसी भन्छन्, ‘समिति र अरु सदस्यका बारेमा केही बोल्न चाहन्न। तर म आफू त्यो समितिमा रहेर निर्मला पन्तको हत्यारालाई कारवाही गर्न असमर्थ छु।’

केसीले अगाडी थपे, ‘एउटै कुरा के बुझ्दिनुप¥यो भने, म वास्तविक हत्यारालाई सजायको सिफारिस पनि गर्न सक्दिन भने त्यो समितिमा किन बस्ने?’

१० साउनमा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको अर्को दिन बलात्कारपछि हत्या भएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो।

निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कारवाही हुनुपर्ने भन्दै कञ्चनपुरमा लामो समयसम्म आन्दोलन भयो। प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै २६ औँ दिनमा मानसिक सन्तुलन ठीक नभएका दिलिपसिँह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको थियो।

घटनामा ‘पहुँचवाला’ मान्छेको हात रहेको भन्दै उच्चस्तरीय छानविनको माग गरी कञ्चनपुरबासीले आन्दोलन चर्काए। त्यस क्रममा प्रहरीले आन्दोलन दबाउन चलाएको गोली लागेर एकजनाको ज्यान गयो भने केही घाइते भएका छन्।

स्थानीयको दबाबपछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाइ सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो।

सोही समितिका सदस्य केसीले आफूमाथि ज्यान मार्ने धम्की आएको र निर्मला पन्तलाई न्याय दिन नसकिने भन्दै राजीनामा दिएपछि घटना थप रहस्यमय बनेको त छ नै, घटनामा ‘माथिसम्म पहुँच’ भएको व्यक्तिको हात रहेको कुरालाई समेत थप मलजल मिलेको छ।

प्रकाशित २५ भदौ २०७५, सोमबार | 2018-09-10 18:51:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।