वायोलोजी पढ्नेले गणित पढ्न नपाउने व्यवस्था खारेज



जीव विज्ञान (बायोलोजी) अध्ययन गर्नेले गणित पढ्न नपाउने व्यवस्थाबाट शिक्षा मन्त्रालय पछि हटेको छ।

यसअघि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ विज्ञान शिक्षाका लागि तयार पारेको पाठ्यक्रमको मस्यौदामा जीव विज्ञान पढ्ने विद्यार्थीले गणित पढ्नु नपर्ने गरी पाठ्यक्रम तयार पारेको थियो।

मस्यौदा पाठ्यक्रममा रहेको व्यवस्थाले नेपालमा विज्ञान शिक्षाको अध्ययनलाई कमजोर पार्ने भन्दै विभिन्न क्षेत्रबाट त्यसको चर्को आलोचना हुँदै आएको छ।

तर केन्द्रले अन्तिम रुप दिँदा भने पाठ्यक्रमलाई केही परिमार्जन गरी जीव विज्ञान अध्ययन गर्ने विद्यार्थीले पनि गणितलाई ऐच्छिक विषयका रुपमा पढ्न पाउने व्यवस्था गरिएको छ।

नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका उप प्राध्यापक जीवन काफ्लेले पछिल्लो निर्णय सकरात्मक भएको बताए।

काफ्लेले भने, ‘जीव विज्ञानका विद्यार्थीले ऐच्छिक रुपमा भएपनि गणित पढ्न पाउनु सकरात्मक हो।’ केन्द्रले गणितसहित अन्य केही विषयलाई जीवनोयोगी विषय रुपमा अघि सारेको छ ।

‘यसले जीव विज्ञानको अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका बाटो प्रस्त गर्ने छ’ काफ्लेले थपे, ‘तर अझै यो पर्याप्त भने छैन। यस विषयमा सरोकारवालाहरुबीच थप छलफल र बहस आवश्यक छ।’

जीव विज्ञान पढेपनि गणित नपढ्दा विद्यार्थीले उच्च शिक्षामा एमबिबिएस, बनस्पतिशास्त्र, भूगर्भ विषय मात्रै अध्ययन गर्न पाउँथे। इन्जिनियरिङ, वन विज्ञान, अर्थशास्त्र, गणित, व्यवस्थापन लगायतको विषयमा भर्ना पाउनबा उनीहरु बञ्चित हुन्थे।

अब भने जीव विज्ञान समूहमा गणित पढ्न पाउने भएपछि उपरोक्त विषयमा पनि अध्ययनका लागि भर्ना पाउने भएका छन्।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले मस्यौदा जारी गर्दा केही विषयमा अस्पष्ट रहेको भन्दै अन्तिम पाठ्यक्रम जारी गरिँदा त्यसलाई स्पष्ट पार्ने काम भएको बताए।

‘पहिलेको पाठ्यक्रम मस्यौदा मात्रै थियो, त्यसले केही अस्पष्टता सिर्जना गर्ने काम गर्‍यो’ काप्रीले नेपालखबरसँग भने, ‘पाठ्यक्रमलाई अन्तिम रुप दिइँदा स्पष्ट पार्ने काम गरिएको छ।’

यसअघि मस्यौदा पाठ्यक्रममा अनुसार कक्षा ११ मा जीव विज्ञान (बायोलोजी) र गणितलाई एकै समूहमा राखिएको थियो। यस्तो व्यवस्थाले गर्दा जीव विज्ञान पढ्न चाहने विद्यार्थीले गणित पढ्न पाउँदैनथे।

प्रकाशित ११ भदौ २०७५, सोमबार | 2018-08-27 16:58:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...