किन मनाइन्छ गाईजात्रा, कसरी सुरु भयो?



गाईजात्रा
गाईजात्रा

नेवारी समूदायको सांस्कृतिक पर्व गाईजात्रा सोमबार विभिन्न कार्यक्रम आयोजना गरि मनाईदैछ।

यसै अवसरमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनुका साथै उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही र द्रव्य दान दिने काम गरिएको छ।

यसरी नगर परिक्रमा गर्नाले वर्ष दिन भित्र मृत्यु भएका आफन्त गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रही आएको छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नु पर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना दिवंगत आफ्न्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनि आज्ञा दिएकोमा यतिले पनि रानीको चित्त नबुझेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यग्यात्मक कार्यक्रम गराउने प्रचलन पनि सुरु गरिएको हो।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक हुने गरेको छ।

गाई जात्राको अवसर पारेर काठमाडौं उपत्यकालगायत दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, खोटाङ, भोजपुरलगायत नेवारी समूदायको बस्तीमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। यसै अवसर पारेर सरकारले काठमाडांै उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ।

प्रकाशित ११ भदौ २०७५, सोमबार | 2018-08-27 11:55:03
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...