कञ्चनपुर आन्दोलन स्थगनअघि बैठकमा चर्काचर्की, नयाँ छानविनमा नयाँ तथ्य फेला



शुक्रबार कञ्चनपुरका प्रजिअले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठक
शुक्रबार कञ्चनपुरका प्रजिअले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठक

निर्मला पन्त हत्या प्रकरणले केही दिनदेखि तनावपूर्ण बनेको कञ्चनपुरमा शनिबार दिउँसोबाट आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। तर, शुक्रबार प्रहरीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन लगाइएको कफ्र्यू शनिबार अपरान्हसम्म हटेको छैन।

अनिश्तिकालिन कफ्र्यूका कारण सर्वसाधारण घर बाहिर निस्केका छैनन् भने दिउँसो जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय सर्वपक्षीय बैैठक बसेपछि अवस्था केही सहज भएको महसुस गरिएको छ।

सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई शहीद घोषणा र घाइतेहरुको सहज र यथोचित उपचारको माग गर्दै उच्चस्तरीय छानविन टोलीलाई सहयोग गर्ने निर्णय गरेको छ।

यो सर्वदलीय सहमतिपछि कञ्चनपुरमा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुसहित नागरिक समाजका अगुवा उपस्थित थिए।

अनुसन्धानमा गडबढ गर्नेमाथि पनि छानविन
कञ्चनपुरमा आन्दोलन चर्किनु र जनधनको क्षति हुनुको मुख्य कारण निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धानप्रति जनमानसमा अविश्वास पैदा हुनु हो। स्थानीय जनता तथा राजनीतिक दलहरु प्रहरीको अनुसन्धानप्रति सन्तुष्ट छैनन्।

हत्या आरोपमा सार्वजनिक गरिएका दिलीपसिँह विष्ट वास्तविक अपराधी हुन् भन्ने कुरामा स्थानीयवासीले विश्वास गर्न सकिरहेका छैनन्। वास्तविक हत्यारा लुकाउन प्रहरीले दिलीपलाई अगाडि सारेर नाटक गरेको स्थानीयवासीको भनाई छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका पदाधिकारीहरुसहित बसेको बैठकले छानविनमा अहिलेसम्मको अनुसन्धानमा गडबडी गर्नेहरुमाथि पुनः छानविको माग गरेको छ।

उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले आफूहरुले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिसकेको जानकारी दिए। उनले घटनाको सुरुवातदेखि नै पुनः अनुसन्धान भइरहेको बताए।

अनुसन्धानमा गडबडी भएको विषयसमेत उच्चस्तरीय समितिको ध्यानाकर्षणमा रहेको उनले सुनाए।

‘घटनास्थलको तत्कालिन अवस्था त हामीसँग मौजुदा छैन, तर घटनाका सबै पक्षसँग बुझ्ने काम गर्छौँ’, कञ्चनपुरबाट केसीले फोनमा नेपालखबरसँग भने, ‘कञ्चनपुरमा तत्कालिन एसपी डिल्लीराज बिष्टप्रति पनि थुप्रै जनगुनासो भेटियो, त्यो विषय पनि हाम्रो छानविनको दायरामा पर्छ।’

केसीले घटना अनुसन्धानमा कतिपय नयाँ तथ्यहरू फेला परेको दाबी गरे। तर, अनुसन्धानका लागि सबै विषय अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए। घटना अध्ययनमा अहिलेसम्मको प्रगति विवरण, पोष्टमार्टम रिपोर्ट तथा जनगुनासो सबै विषयको गम्भीर छानविन गरी सत्यतथ्यमा समिति पुग्ने उनले बताए।

चर्काचर्कीपछि बैठकमा सहमति
बैठकले आन्दोलनमा अनावश्यक बल प्रयोग गर्नेमाथि छानविन गर्न समेत माग गरेको छ। सर्वदलीय सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव ईश्वरीप्रसाद जोशी र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले आन्दोलनमा अनावश्यक बल प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए।

केहीबेर चर्काचर्कीपछि सर्वदलीय बैठकमा आन्दोलनमाथि अनावश्यक बल प्रयोगको विषयमा समेत छानविन गर्ने र दोषी देखिएकाहरुमाथि कारवाही गर्न माग गर्ने सहमति भएको हो।

बैठकमा नेकपाका प्रतिनिधि एवं प्रदेश ७ को प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले उच्चस्तरीय छानविन समितिले काम सुरु गरिसकेको अवस्थामा समितिलाई काम गर्न सहज हुने वातावरण बनाउन सबैसँग आग्रह गरेका थिए।

कांग्रेस नेता जोशीले जनताको स्वतस्फूर्त आन्दोलनलाई कांग्रेसले उचालेको भनेर नेकपाका कतिपय जिम्मेवार नेताहरुले बोल्ने गरेको भन्दै फेरी आपत्ति जनाएका थिए।

नागरिक समाजका अगुवा भवराज रेग्मीले बैठकमा घाइतेहरुको उपचार गरेर मात्रै नहुने र अशक्तहरुको जीवन यापनका लागि पनि राज्यले व्यवस्था गर्नुपर्ने माग राखे। यस सम्बन्धमा पनि सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ।

रेग्मीले छानविन समितिको सहजताका लागि आफूहरु १५ दिन आन्दोलन स्थगित गर्न सहमत भएको बताए।

उनले भने, ‘त्यसपछि पनि बालिका बलात्कार र हत्याकाण्डको यथार्थ बाहिर नल्याए पुनः आन्दोलन गर्ने जानकारी बैठकलाई गराइएको छ।’

प्रकाशित ९ भदौ २०७५, शनिबार | 2018-08-25 18:22:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।