कञ्चनपुरमा प्रहरीको गोलीले मृत्यु भएका सनिको शव हस्तान्तरणको तयारी

कर्फ्यू खुलेपछि परिवारलाई हस्तान्तरण गरिनेछः प्रजिअ अधिकारी



सनि खुना
सनि खुना

कञ्चनपुरमा भएको आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका बालक सनि खुनाको शब परिस्थिति शान्त हुनासाथ परिवारलाई बुझाइने भएको छ।

निर्मला पन्त बलात्कार-हत्याका वास्तविक दोषीको पक्राउ र शख्त कार्वाहीको माग गर्दै भएको आन्दोलनमा चलाइएको गोली लागी शुक्रबार साँझ खुनाको मृत्यु भएको थियो।

शुक्रबार साँझ निधन भएका १३ बर्षीय खुनाको शब अहिलेपनि महाकाली अञ्चल अस्पतालको शब गृहमा राखिएको छ।

परिस्थिति सहज हुनासाथ बालकको शव मृतकका आफन्तलाई बुझाइनेछ’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने, विस्तारै परिस्थिति सहज हुँदैछ।’

आन्दोलन स्थगित गर्ने सहमति भएको भएको बताउँदै प्रजिअ अधिकारीले थपे ‘जिल्लाको सम्पुर्ण बस्तुस्थिति हेरेर हामी कफ्र्यू हटाउँछौ र मृतकका आफन्तलाई शव हस्तान्तरण गर्छौँ।’

बालक खुनाको गोली लागी निधन भएपछि स्थानीय प्रशासनले स्थिति थप भड्किन नदिन शुक्रबार साँझ ८ बजेदेखि लगाएको कफ्र्यू अहिलेसम्म हटेको छैन।

प्रकाशित ९ भदौ २०७५, शनिबार | 2018-08-25 17:28:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।