कञ्चनपुरमा मारिएका १३ वर्षीय सनि टुहुरा थिए, कुचिकार बाबुलाई सघाउँथे



सनि खुना
सनि खुना
...

प्रकाशले भनेः कर्फ्यु लागेर बाहिर निस्कन सक्ने अवस्था छैन। हामीले त फेसबुकबाट भाइको मृत्यु भएको थाह पायौं, मामालाई अझै थाह छैन होला।

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयका कुचिकार बीरबहादुर खुना बिहीबार बिरामी भएर कार्यालयको काममा आउन सकेनन्। बुवाले कार्यालयको काम गर्न नसकेपछि १३ वर्षिय छोरा सनि खुना विद्यालय छोडेर बुवाको काम सघाउन नगरपालिका गए, र कार्यालय सरसफाई गरे।

१३ वर्षको उमेरमै बुवालाई कार्यालयको काममा समेत सघाउने बालक सनि खुना अब कहिल्यै पनि त्यसरी सघाउन आउने छैनन्। शुक्रबार प्रहरीको गोली लागेर उनले अकाल मृत्युवरण गरेका छन्।

दुई वर्षको कलिलो उमेरमै आमा गुमाएका सनि बुवाको काखमै हुर्किए। उनका लागि आमा बुवा जे भनेपनि भीमदत्त नगरपालिकामा कुचिकारको काम गर्ने बीरबहादुर नै थिए। बुवाले काम गर्न नसकेको अवस्थामा कार्यालयमा गएर सरसफाई गर्न उनै सनि खटिने गरेको भीमदत्त नगरपालिकाका कर्मचारी जङ्गबहादुर विक बताउँछन्।

महेन्द्रनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले आन्दोलन उग्र बन्दै थियो। शुक्रबार दिउँसो सनि आन्दोलन हेर्न भिडमा मिसिए। आन्दोलनकारीले दिउँसो जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै थिए। यत्तिकैमा दोहोरो झडप भयो। प्रहरीले भिड तितरबितर पार्न गोली चलायो। आन्दोलन हेर्न पुगेका बालक सनिको छातिमा गोली लाग्यो र उनी त्यहीं ढले।

उनीसँगै अरु कैयौंलाई गोली लागेको थियो। घाइतेहरुको उद्धार गरी करिब पाँचसय मिटर टाढा रहेको महाकाली अञ्चल अस्पतालमा पुर्याउँदा चिकित्सकले सनिलाई मृत घोषणा गरे।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं १८ भगतपुरको सुकुम्बासी बस्तिका बीरबहादुर खुनाको अवस्था अत्यन्त सामान्य छ। आफ्नो जग्गा जमिन छैन। पहिलो पत्नि (सनिकी आमा) को मृत्यु भएपछि उनले दोस्रो बिबाह गरे। कान्छी पत्नितर्फ उनका दुई छोरी र एक छोरा छन्।

परिवारको जेठोबाठो छोरा यिनै सनि थिए। बुवाले नगरपालिकामा कुचिकारको काम गरेर परिवार पाल्नु पर्ने अवस्थाका कारण कुनै दिन बुवाले काम गर्न नसके सघाउन तयार हुन्थे।

मृतक सनिका भान्जा दाजु प्रकाश खुनाले आफ्नो भाई निकै सोझो र इमान्दार रहेको बताए। सनि स्थानीय महेन्द्रनगर माविमा कक्षा ६ मा पढ्दै थिए। उनी घरको काममा पनि उत्तिकै लगनशील थिए।

शुक्रबार साँझपख आन्दोलनमा गोली चलेको र सनि खुनाको मृत्युको खबर फेसबुकमा देखेपछि आफुहरु आश्चर्य चकित भएको प्रकाशले बताए। फेसबुक लगायत सामाजिक सञ्जालबाट टाढै रहेका सनिका बुवा बीरबहादुरलाई शुक्रबार राति अबेरसम्म घटनाबारे थाह नभएको प्रकाश बताउँछन्।

उनले भने, ‘कर्फ्यु लागेर बाहिर निस्कन सक्ने अवस्था छैन। हामीले त फेसबुकबाट भाइको मृत्यु भएको थाह पायौं, मामालाई अझै थाह छैन होला।’

मृतक बालक सनिलाई अहिले महाकाली अञ्चल अस्पतालको शवगृहमा राखिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए।

घटनामा गोली लागेर गम्भीर घाइते भएका उमेश देउवालाई थप उपचारका लागि धनगढी लगिएको र बाँकी घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटनामा प्रहरीतर्फ पनि २० जना भन्दा धेरै घाइते भएको प्रहरी प्रवक्ता ओझा बताउँछन्।

प्रकाशित ८ भदौ २०७५, शुक्रबार | 2018-08-24 22:27:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।