निर्मला हत्या प्रकरणः महेन्द्रनगरमा उग्र प्रदर्शन



कञ्चनपुरको भिमदत्तनगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिन महेन्द्रनगरमा हुँदै आएको प्रदर्शन उग्र बनेको छ।

बुधबार बिहानैबाट प्रदर्शनमा उत्रिएका स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट जलाइदिएका छन् भने प्रहरीको बा १ झ ७३६५ नं को गाडी तोडफोड गरेका छन्। 

प्रहरीले भिड तितरबितर पार्न दर्जनाै‌‌ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीको लाठी चार्ज र अश्रुग्यासबाट दुई जना स्कूले विद्यार्थीसहित केही प्रदर्शनकारी घाइते भएका छन्।

सदरमुकाम महेन्द्रनगर बजार मंगलबारदेखि नै ठप्प छ भने आजको प्रदर्शनले अझै उग्ररुप लिएको छ।
स्थनीयबासी र व्यापारीहरुसहित महेन्द्रनगर आसपासका विभिन्न स्कूलबाट विद्यार्थीहरु स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन्।

बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न महेन्द्रनगरमा लगातार प्रदर्शन हुँदै आएकोमा प्रहरीले एकजना हत्या आरोपी सार्वजनिक गरेपछि प्रदर्शनले थप उग्ररुप लिएको हो। ‘वास्तविक हत्यारा’ पत्ता लगाउन माग गर्दै जिल्ला प्रशासन अगाडि भेला भएका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। 

आन्दोलनकै दबाबमा घटनाको २६ दिनपछि सोमबार प्रहरीले भीमदत्त–१९ बागफाँटाका ४१ वर्षिय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त किटान गर्दै सार्वजनिक गरेको थियो। तर, प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति स्थानीयले विश्वास गर्न सकेनन्। मानसिक सन्तुलन गुमाएका कमजोर ब्यक्ति बलात्कारी र हत्यारा हुन नसक्ने स्थानीयको दाबी छ।

प्रहरीले वास्तविक अभियुक्त पत्ता नलगाएर आफूहरूलाई झुक्याएको भन्दै मंगलबारदेखि स्थानीयले उग्र प्रदर्शन गरेका हुन्। 

नागरिक समाजका अगुवा भवराज रेग्मी प्रहरीले बलात्कारी र हत्यारा भनेर सार्वजनिक गरेको व्यक्तिको अवस्था हेर्दा प्रहरीको दाबीलाई विश्वास गर्न नसकिने बताउँछन्। उनले हत्या आरोपी दिलीपले योजनाबद्ध रुपमा त्यस्तो जघन्य घटना घटायो होला भनेर विश्वास गर्न मुस्किल भइरहेको बताए।

यस्तै, स्थानीय शिक्षक टेक चन्दले पनि दिलीपको अवस्था हेर्दा उसले बलात्कार र हत्या गर्यो होला भन्नेर पत्याउन मुस्किल परिरहेको बताए।

हत्या आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीले आफ्नो भाईलाई जवर्जस्ती फसाइएको दाबी गर्दै आफ्नो परिवार कमजोर अवस्थामा रहेको र मानसिक सन्तुलन गुमाएको भाईको पक्षमा बोलिदिने कोही नभएकाले प्रहरीले फसाएको गुनासो गरे। उनले दुई दिनसम्म प्रहरी कार्यालयमा केरकार गरी ‘हो’ भन्न लगाएर सार्वजनिक गरेको दाबी गरे।

मृतक निर्मलाका पिता यज्ञराज पन्त पनि दिलीपले नै निर्मलाकाे बलात्कार र हत्या गर्याे हाेला भन्ने विश्वास नलागेकाे बताउँछन्। पन्तले आफुहरुले आशंका नै नगरेको ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको र किटानी जाहेरी दिन दबाब दिएको बताए। उनले भने, ‘प्रहरीले जिप्रकामा लगेर दिलीप विष्टका विरुद्ध किटानी जाहेरी दिनुपर्यो भन्दै दस्तखत गर्न लगायो, मैले उ माथि शंका पनि छैन, उसलाई चिनेको पनि छैन कसरी किटानी दिउँ भनेर सोधेपछि हामीसँग दिलीपले घटना स्विकार गरेको भिडियो छ भन्यो। तर हामीलाई भिडियो हेर्न दिइएन।’

पन्तले २६ दिनसम्म घटनास्थलमा लैजान आवश्यक नदेखेको प्रहरीले २६ दिनपछि प्रमाण पाएको भन्दै आफुलाई घटनास्थलमा लगेको बताए। उनले प्रश्न गरे, ‘छोरीको साइकल फालेको नजिकै एउटा कपडाको टुक्रा र कण्डम थियो। प्रहरीले यही हो प्रमाण भन्यो। तर त्यो २६ दिनसम्म पानीमा नभिजेर माटो पनि नलागेको अवस्थामा कसरी रहन सक्छ?’

तर, कञ्चनपुर प्रहरीले भने निर्मलाका हत्यारा दिलीप विष्ट नै भएको दाबी गरेको छ। सिआइबी, प्रादेशिक, जिल्ला र स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निर्मलाका हत्यारा विष्ट नै भएको खुलेको कञ्चनपुर प्रहरीको दाबी छ। प्रदर्शन र नाराबाजीले अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको छ। आफ्नै भिनाजुको हत्या गरेर जेल सजाय भुक्तान गरेका विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाई छ। कञ्चनपुर प्रहरीले विष्टलाई थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेको छ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त १० साउनमा साथीको घरबाट फर्किंदै गर्दा बलात्कृत भएकी थिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव बाटो छेवैको उखुबारीमा भेटिएको थियो। तर, लामो समयसम्म अनुसन्धानमा बेवास्ता देखाएको प्रहरीले चर्को दबाबपछि नक्कली अभियुक्त सार्वजनिक गरेर घटना सामसुम पार्न खोजेको पीडित पक्षको गुनासो छ। उनीहरूले वास्तविक दोषी सार्वजनिक गर्न माग गरेका छन्।

प्रकाशित ६ भदौ २०७५, बुधबार | 2018-08-22 14:49:27
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।