दूतावासले भन्योः भिसा सिफारिस मात्रै हो, जापान प्रवेश गर्न अध्यागमन चेकजाँच पास गर्नै पर्छ



काठमाडौंस्थित जापानी राजदूतावास
काठमाडौंस्थित जापानी राजदूतावास

काठमाडौंबाट भिसा लिएर जाँदा पनि जापान पुगेका नेपाली अध्यागमनबाटै बारम्बार किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई गरेको थियो। दूतावासले इमेलमा जवाफ दिँदै भनेको छ, ‘भिसा एउटा सिफारिस मात्रै हो, विदेशी नागरिकले जापान प्रवेश गर्न अध्यागमनको चेकजाँच पास गर्नै पर्छ।’

दूतावासले इमेलमा भनेको छ, ‘जापान प्रवेशका लागि चाहिने धेरै विषयमध्ये काठमाडौंस्थित दुतावासबाट भिसा प्रदान गर्ने कार्यपनि एउटा हो।’

केही साताअघि मात्रै काठमाडौंस्थित जापानी दूतावासले जारी गरेको भिसा लिएर जापान पुगेका राष्ट्रिय सभामा नेकपाको संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई लगायतलाई फिर्ता पठाएको थियो। भिसा लिएर जापान पुगेका यस्ता कतिपय नेपालीलाई जापानको अध्यागमनबाटै फर्काइने गरिएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासबाट भिसा प्राप्त गर्ने तर त्यही भिसा लिएर जापान पुग्दा विमानस्थल अध्यागमनले बारम्बार किन फर्काउँछ? नेपालखबरले यो प्रश्न जापानी दूतावासलाई सोधेको थियो। ‘अध्यागमनका लागि आवश्यक पर्ने विषयमध्ये जापानी दूतावासले जारी गर्ने भिसा पनि एक हो’, दूतावासले पठाएको इमेल जवाफमा भनिएको छ, ‘यसको अर्थ भिसा आवेदनमा उल्लेख भएको भ्रमणका लागि सिफारिस मात्रै हो।’

दूतावासले दिएको भिसामा जापान पुगेपछि विमानस्थलबाट अध्यागमनले रोकेर फर्काउँदा अपमान भएको गुनासो गरेका थिए। जापानको अध्यागमन चेकजाँच पार गर्न पर्याप्त प्रमाण नभए भिसा नै नदिनु उचित हुने उनीहरुको धारणा थियो। अध्यागमनबाट फर्काइएका कतिपयले पैसा र समय दुबै खेर गएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

यसबारे थप स्पष्ट पार्दै दूतावासले भनेको छ, ‘जापानी भिसा रहेको कुनै पनि विदेशी नागरिकले जापान प्रवेश गर्न चाहेमा अध्यागमन अधिकारीहरुको चेक जाँच उतीर्ण गर्नु अनिवार्य छ।’

जापानको अध्यागमनसम्बन्धी कानुन अन्य मुलुकको तुलनामा कडा मानिन्छ। ‘अध्यागमन नियन्त्रण ऐनको आधारमा उनीहरुको परीक्षण हुन्छ’, दूतावासले भनेको छ, ‘विदेशी नागरिकले प्रवेशका लागि आवश्यक सर्तहरु पूरा नगरेका घटना पनि हुने गरेका छन्।’

अन्य विकसित देशको तुलनामा जापानमा आप्रवासीहरुको संख्या निकै कम छ। जापानमा कूल जनसंख्याको साढे एक प्रतिशत मात्रै आप्रवासी छन् भने तीमध्ये नेपालीको संख्या एक लाख हाराहारी छ। यो संख्या जापानमा बस्ने आप्रवासीमध्ये छैठौँ ठूलो संख्या हो।

को को फर्काइए?
धेरै नेपाली जापानको विमानस्थल पुगेर पनि जापान प्रवेश नपाई फर्केका घटना छन्। नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई जापानी अध्यागमनबाट फर्काइएको त पछिल्लो घटनामात्र हो।

हिरोसिमा शहरमा आयोजना हुने निशस्त्रिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि ३ अगष्टमा जापान गएका भट्टराईलाई जापानी अध्यागमनले चार घण्टा हिरासतमा राखेर नेपाल फर्काएको थियो।

भट्टराईअघि पनि तीन पटक गरी चार नेपाली नेताहरुलाई जापानका अध्यागमनले नेपाल फर्काएको थियो। तिनीहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेकपाका केन्द्रीय सदस्य कुमार पौडेल, नयाँ शक्तिका केन्द्रीय सदस्य शंकर भण्डारी र नेकपाका केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवाली छन्।

जापानी दूतावासले नेपालखबरलाई पठाएको इमेलमा जापानको अध्यागमनबाट फर्काइएका व्यक्तिगत घटनाहरूबारे कुनै जवाफ नदिइ आफ्नो भिसा र अध्यागमन नीतिबारे मात्रै बताइएको छ।

दूतावासले सम्बन्धित व्यक्तिहरूलाई के कारणले फर्काइएको हो भन्नेबारे व्यक्तिगत जानकारी शेयर गर्ने नीति नभएको जनाएको छ।

दूतावास र अध्यागमनबीच समन्वयन हुन्न भनेर सोधिएको प्रश्नमा दूतावासले ‘जापानी अध्यागमन न्याय मन्त्रालय अन्तर्गतको निकाय रहेको’ मात्रै जनाएको छ।

नेपालसहित धेरै देशमा अध्यागमन विभाग गृह मन्त्रालय अन्तर्गत राखिएको पाइन्छ।

गर्दैनन् गुनासो
कलाकार र राजनीतिक दलका नेताहरु फर्काइएको घटनापछि यस विषयले नेपालमा चर्चा पाएको छ। तर जापानका विमानस्थलबाट अध्यागमनले प्रवेश नदिई फर्काइएका धेरैले यस विषयमा गुनासो गर्ने गरेको देखिंदैन।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभाग महानिर्देशक गेहेन्द्र राजभण्डारी पनि त्यसरी फर्काइएका व्यक्तिहरुले गुनासो गर्ने नगरेको बताउँछन्।

‘गुनासा आए भने त्यस विषयलाई सम्बन्धित ठाउँमा बुझ्ने काम हुन्छ,’ राजभण्डारीले भने।

जापानसँग नेपालको सम्बन्ध सुमधुर रहेको र पछिल्लो समय जापान जानेहरुको संख्या धेरै बढेको उनले बताए। जापानबाट फर्काइएका एमाले नेता भट्टराईले भने यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जानकारी गराएको बताएका छन्।

राजभण्डारीका भनाईमा कुनै देशतर्फ प्रस्थान गर्नुअघि त्यस देशको अध्यागमन नीति के छ भन्ने बारेमा राम्रोसँग बुझेर जाँदा समस्या सिर्जना हुँदैन। उनले भने, ‘स्पोन्सर गर्नेहरुले पनि यो विषयलाई गम्भीरतापूर्वक लिइदिए भने अप्ठेरो पर्दैन।’

प्रकाशित ४ भदौ २०७५, सोमबार | 2018-08-20 14:13:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...