सुन तस्करी प्रकरण: थुनामुक्त हुनपाउँ भन्दै ३० अभियुक्त उच्च अदालतमा

उच्च अदालत बिराटनगरमा सुनुवाइ जारी


Kshamadevi Group


त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

सुन तस्करी र सनम शाक्य हत्याको संगठित अपराधका आरोपी ३० जनाको उच्च अदालत बिराटनगरमा बिहीबार पेशी तोकिएको छ।

हाजिरी जमानीमा छुटेका ठाकुरप्रसाद ढुंगाना सञ्चालक रहेको एबल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजले दिएको निवेदन उपर समेत सुनवाईका लागि पेशी तोकिएको हो।

निवेदकहरुले आफूहरुलाई थुनामा राख्नु गैरन्यायिक भएको जिकिरसहित माथिल्लो अदालतमा निवेदन दिएका हुन्। मोरङ अदालतको थुनछेक आदेशले पूर्पक्षका लागि कारागारमा रहेका २९ जनाको निवेदनमा यसअघि नै कैफियत आदेश झिकाइएको थियो।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी र श्यामबहादुुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत,सई बालकृष्ण सन्जेल १७ नम्बर निवेदन उपर सुनवाई हुँदैछ।

यस्तै सुन तस्कर भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्रकुमार शाक्य र महाबिर गोल्यान समेतले निवेदन उपर सुनवाई हुन लागेकाे हो। ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड प्रकरणमा मुछिएर पूर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवेश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत बिराटनगरमा सुरुवातमै निवेदन दिएका छन्।

लोहनी र राउतले आफूहरुलाई पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका छन्। अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउँने व्यवस्था छ।

सुनसरीको झुम्का कारागारसहित मोरङ कारागार र केन्द्रीय कारागारमा बन्दी रहेका अभियुक्तहरुले फरक–फरक मितिमा निवेदन दिएका हुन्।

उच्च अदालतका मुख्य न्यायाधी डा. कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको इजलासमा बिहीबार पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङगे, राजन थापा, एली भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, टेकराजमल्ल ठकुरी, प्रजित केसी, माधव भन्ने मदनप्रसाद घिमिरे, तुलाराम थारु, बिरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, बिष्णुबहादुर खड्का, अम्बरबहादुर थापा मगर र एवल नेपाल ट्राभल्स र कान्तिपुर हाेलिडेजको पेशी चढेको हो।

यस्तै न्यायाधीश हरिप्रसाद भण्डारी र श्रृषिराम दवाडीको इजलासमा गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, दोराम खत्री, महाविरप्रसाद गोल्यान, आरके भन्ने राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, राजनकुमार, श्यामबहादुर खत्री, बालकृष्ण सन्जेल र मदन सिलवालको पेशी चढेको छ।

उच्चका न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको इजलासमा सञ्जयबहादुर राउत, दिवेश लोहनी, गोविन्द्रप्रसाद निरौला, विकासराज खनाल र हेमन्त गौतमको पेशी तोकिएको छ। अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बिहीबार २९ मध्ये थोरैजनाको मुद्दामा आदेश आउनसक्ने सम्भावना रहेको बताए।

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 12:57:58
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।