शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

 सहर बढ्दै जाँदा तिलगंगा दक्षिणकाे नदी किनारमा लहरै घर बनेका छन्। घरको पुछारले नदी छोएको छ।

मलमुत्र र फोहर खोलामा पुग्नेगरि शौचालय बनेको छ। हिँउदमा ती घरका कोठाको भाडा १५ सयभन्दा माथि हुन्छ। नयाँ बानेश्वर शान्तिनगर क्षेत्रमा रहेका यो बस्तीमा पसल छन्। साना उद्योग संचालन भएका छन्। घरहरुमा नम्बर छ। सोही अनुसारको भाडा दर छ।

अझ अचम्म त यो बस्तीमा खुलेका संघसंस्थाले घर नम्बर दिएर कागजपत्र समेत उपलब्ध गराएका छन्। 

भिडियाे रिपाेर्ट हेर्नुहाेस्:

प्रकाशित 2018-08-15 20:17:01