एक महिनामा मेटिँदैछ नेपालीको रेल तिर्खा



नेपालले रेलको तिर्खा मेट्नको लागि लामो समय पर्खनु नपर्ने देखिएको छ। अब केही महिनामै नेपालमा रेल सेवा सञ्चालन हुने निश्चित जस्तै देखिएको छ। 

नेपालको एक मात्र रेल सेवा पुन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। जयनगनर देखि जनकपुर– कुर्था सम्मको ३२ किलोमिटरमा रेल सञ्चालनको काम अन्तिम चरणमा पुगेको हो। जयनगर बर्दिबास सम्मको ६९ किलोमिटर सञ्चालनको लागि भने समय लाग्ने देखिएको छ। केही वर्ष अगाडी सम्म जनकपुरसम्म रेल सेवा सञ्चालनमा थियो। बन्द रेल मार्गलाई बढाएर बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने प्रक्रिया सरकारले थालनी गरेको हो।

भारत सरकारको सात अर्ब २० करोड रुपैयाको आर्थिक सहयोगमा निर्माणकार्य धमाधम भइरहेको छ। भारतको सीमा देखि अहिले ४ किलोमिटरमा त भारतीय कार्गो रेल सुरु भैसकेकोछ। अब एक महिनामा जनकपुर– कुर्था सम्मको बाटो निर्माणकार्य सम्पन्न हुने र रेल सेवा सञ्चालनको बाटो खुल्ने भएको आयोजनाले जनाएको छ।

जयनगर रेलवे स्टेसनबाट खजुरीसम्म साँढे आठ किलोमिटर लामो परीक्षणसमेत भैसकेको छ। जनकपुर भागका निर्माण कार्य भैरहेको छ। उक्त क्षेत्रमा प्लेट फर्म, लिक, माटो पुर्ने काम, ब्याङ्केटिङ, लिक निर्माण, पर्खाल तथा कल्भर्ट निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ।

भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ। पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल संचालन गर्न आगामी एक महिनाभित्र बाटोले नरोक्ने देखिएको हो।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोही अनुसार २०११ माघ महिनामा निर्माण थालनी भएको थियो। नेपालमा सुरु भएको रेल मार्ग ‘ब्रोडगेज’ प्रणालीको हो। निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा स्थानीय निर्माण कम्पनीलाई दिइएको छ।

जसमा नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई इनरुवा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभेलको कामको ठेक्का दिइएको हो। भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको छ।

रेल विभागका अनुसार यो बाटोमा भारतीय रेल मात्र नभई नेपाली रेल नै कुदाईनेछ। रेल विभागले नेपाली रेल सञ्चालनको तयारी समेत गरेको छ। रेल विभागका प्रवक्ता प्रकाश भक्त उपाध्यायका अनुसार विभागले निर्माण अन्तिम चरणमा पुग्ने वित्तिकै रेल किनेर वा भाडामा लिएर जयनगर जनकपुर रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ। उनी भन्छन्, ‘हामी बाटो निर्माणको अन्तिम पखाईमा छौं, साथसाथै कस्तो रेल सञ्चालन गर्ने विषयमा भारत सरकार र नेपाल सरकारको उच्च तहमा छलफलमा छौं।’

रेलको लागि स्थानियबासी पनि आतुर देखिन्छन्। बर्दिबासको स्थानीयबासी कुरमा भण्डारी भन्छन्, ‘रेल सेवा भनेको विकासको अर्को रुप हो। यो सेवा सञ्चालन भयो भने यहाँको जीवनस्तरमा धेरै सहजता हुन्छ। एक त आवजावतमा छिटो हुन्छ भने सबै भन्दा प्रभावकारी उपभोक्ताको बजार मुल्यमा पर्ने उनी बताउँछन्। भारतबाट आयत हुने बस्तु रेल सेवाले धेरै सस्तो पर्ने उनको भनाई छ।

त्यस्तै, जनकपुरका रामाराम झा भन्छन्, रेल सेवामा पनि कार्गो रेल नै नेपालको प्रमुख आवश्यकता हो, नेपालमा यात्रु भन्दा पनि सामान बोक्ने रेलको धेरै आवश्यकता छ। गाडीमा भन्दा रेलमा सामान ल्याउँदा ढुवानी भाडा नै आधाआधीको फरक पर्ने भएकोले रेल सेवाले उपभोक्ता मुल्यमा धेरै प्रभाव पर्ने उनको भनाई छ।

नेपालमा भारत तर्फबाट अन्य नाकामा पनि रेल निर्माणको प्रक्रिया अघि बढेका छन्। नेपाल–भारतका पाँच सिमा नाकामा भारतीय रेल जोड्ने समझदारी पहिले नै भइसकेको छ। विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकालाई भारतीय रेलमार्गले जोड्ने सहमति भएको थियो। चालू आवमा जनकपुर र विराटनगरमा रेल सञ्चालनको तयारी भएको हो। 

प्रकाशित २८ साउन २०७५, सोमबार | 2018-08-13 11:14:56
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...