डिस्कभरी च्यानलको नक्कली जागिरे बनेर ठगी गर्ने खाती प्रहरी खोरमा

अमेरिकी दूतावासदेखि बैंकसम्मका नक्कली कागजपत्र बरामद




प्रहरीले डिस्कभरी च्यानलको नक्कली जागिरे बनेर ठगी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ।

NIC ASIA


काठमाडौँ महानगर–३२ डिल्लीबजार घर भइ हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने प्रकाश खातीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। पीडितले दिएको सूचनाका आधारमा उनलाई गोकर्णेश्वर–६ माकलबारीबाट पक्राउ गरेको हो।

पक्राउ परेका खातीले आफू अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भन्दै नक्कली परिचयपत्र समेत देखाएर तीन जनालाइै ठगी गरेको प्रहरीले जनाएको छ। खातीले अमेरिका पठाइदिन्छु भन्दै आफ्नो मोबाइलमा भिसा लागेको नक्कल देखाइ ४५ लाख भन्दा बढी ठगी गरेका थिए।

उनले अमेरिकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट संचालनको लागी रकम निकासा गर्न सकिन्छ भनि प्रलोभन पारेर समेत उनले ठगी गरेका थिए। अमेरिकन एम्बेसीका उच्च पदस्त कुटनीतिज्ञसँग आफ्नो राम्रो चिनजान भएको र एम्बेसीअन्तर्गत रहेको ‘द चाटर सेन्टर नेपाल फाउन्डेसन २००४’ अन्तर्गतको कार्यक्रममा ९अर्ब ११ करोड रुपैयाँ रहेको र सो रकम आफूले निकाशा गराउन सक्ने भनि विश्वास दिलाइ ठगी गरेको एक पीडितले बताएका छन्।

उनले बिभिन्न बैंक तथा संस्थाहरुको नक्कली छापसमेत बनाएर प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका खातीले विभिन्न एपको माध्यमबाट नक्कली परिचय पत्र, बैंक स्टेटमेन्ट तायार गर्ने लगायतका कार्य गर्दे ठगी गरेको बताइएको छ।

पक्राउ परेका खातीमाथि जिल्ला अदालत काठमाडौँबाट ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 18:14:21
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...