निशान हत्याकाण्डः इन्काउन्टरमा चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने



प्रहरीले साेमबार गरेकाे विवादित 'इन्काउन्टर'
प्रहरीले साेमबार गरेकाे विवादित 'इन्काउन्टर'

अपहरित निशान खड्कालाई जीवित उद्धार गर्न असफल महानगरीय अपराध महाशाखाले भक्तपुरमा गरेको विवादास्पद मुठभेडको वैज्ञानिक परीक्षण हुने भएको छ।

घटनाकाे छानवीन गरिरहेकाे राष्ट्रिय मानव अधिकार अायाेगले महाशाखाको टोलीले चलाएको गोली र हतियारको ‘बलिष्टिक’ परीक्षण गर्ने तयारी गरेकाे हाे। यो परीक्षणबाट अपहरणकारीसँग दोहोरो भिडन्त भएको स्थानको प्रहरी मुचुल्कामा उल्लेख भएकै दुरीबाट गोली चलेको हो वा होइन भन्ने यकिन गर्नेछ। यस्तै मृतकको शरीरमा लागेको गोली र घटनास्थलमा भेटिएको हतियारको समेत परिक्षण हुनेछ।

राष्ट्रिय मानव अधिकार आयोगले विवादस्पद मुठभेडमा मारिएका गोपाल तामाङ र अजय तामाङको शरीरमा लागेको गोलीले पुर्याएको क्षति, महाशाखाले मुठभेडमा प्रयोग गरेको हतियार र हानिएको दुरीसहितको विश्लेषण गर्न अनुसन्धान टोलीमा विज्ञलाई नियुक्त गरेको छ। 'बिलिष्टिक' विज्ञसहितको आयोगको टोलीले महाशाखा र भक्तपुर प्रहरीले घटनास्थल मुचुल्कामा उल्लेख गरेको विवरण र कारवाहीको यथार्थ अनुसन्धान गर्नेछ।

आयोग सदस्य सुदीप पाठकले मुठभेडका घटनाको छानवीनमा बलिष्टिक जाँच सबैभन्दा महत्वपूर्ण हुने भएकाले अनुसन्धान टोलीमा एक विज्ञ नियुक्त गरिएको जानकारी दिए। ‘बलिष्टिक अनुसन्धानको विज्ञ नेपालमा जम्मा दुईजना हुनुहुँदो रहेछ एक जनालाई टोलीमा राखेका छौं’, उनले भने। यसअघि आयोगले दिनेश अधिकारी ‘चरी’ मुठभेड घटनाको अनुसन्धान बलिष्टिक विज्ञको अभावमा पूरा गर्न सकेको थिएन।

आयोगले निशान खड्का हत्या प्रकरण विस्तृत अनुसन्धान गर्न फाेरेन्सिक, पूर्व प्रहरी अधिकारी र बलिष्टिकसहितको अनुसन्धान टोली बनाएको छ।

गत साउन २० गते राति राती काँडाघारीस्थित डेराबाट हराएका निशानको शब भोलिपल्ट बिहान घरदेखि केही पर गाडिएको अवस्थामा भेटिएको थियो। महानगरीय अपराध महाशाखाको टोलीले घटनामा संलग्न दुई जना गोपाल तामाङ र अजय तामाङ मुठभेडमा मारिएको बताएको थियो। घटना प्रकृति, प्रत्यक्षदर्शीको बयान र प्रहरीले दाबी गरेका विषय मिल्दो नदेखिँदा प्रहरी कारवाही विवादित बनेको हो।

गोपाल र अजयका परिवारले दुवैलाई पक्राउ पछि गैरन्यायिक हत्या गरिएको भन्दै अनुसन्धान तथा कारवाहीका लागि बुधबार आयोगमा उजुरी दिएका थिए। उजुरी परेकै दिनदेखि आयोगले अनुसन्धान सुरु गरेको हो। आयोगले यसअघि यही प्रकृतिका घटनामा गरेको अनुसन्धानका कमीकमजोरी र उपलब्धिलाई समेत विश्लेषण गर्दै निशान हत्या प्रकरणको छानवीन अघि बढाएको उनले जानकारी दिए।

‘आयोगमा मुठभेडसम्बन्धी अनुसन्धानको धेरै अनुभव नभएकाले विज्ञ समुहको सहयोग समेत लिनेछौं,’ यो अनुसन्धानको नेतृत्व गरिरहेका सदस्य पाठकले नेपालखबरसँग भने।

आयोगले घटनाको अनुसन्धानका लागि निश्चित मार्गनिर्देश समेत बनाएको छ। अनुसन्धान प्रारम्भ बिन्दुदेखि अनुसन्धान निश्कर्षमा पुर्याउने विषयहरुको टोली बनाएर अध्ययन हुनेछ। यसका लागि घटनास्थलमा जाने, सबुत प्रमाणको अध्ययन, आवश्यक परीक्षण र सञ्चारमाध्यममा आएका समाचार सामाग्रीको विश्लेषण समेतका लागि टोली बनाइएको छ।

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 15:10:25
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।