गाउँमै आवासीय विद्यालय बनेपछि फर्किए शहर पसेका विद्यार्थी


Infocus



गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ।

NIC ASIA

गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन्।

गुणस्तरीय शिक्षाको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियो।

भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो।

गुणस्तरीय शिक्षाको अभावमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो। यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए।

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको भनाइ थियो। विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन्। अभिभावक काइली गुरुङले भनिन्, ‘छोराछेरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ।’

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ। हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ। बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ। रासस

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 12:40:37
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...