अढाई सय वर्षपछि जंगी अड्डामा नेपाली सेनाका संस्थापकको सालिक



पृथ्वीनारायण शाहको शालिक अघिल्तिर पूर्व–बर्तमान र भावी प्रधानसेनापतिहरु
पृथ्वीनारायण शाहको शालिक अघिल्तिर पूर्व–बर्तमान र भावी प्रधानसेनापतिहरु

कार्यकाल सकिनै लाग्दा शुक्रबारदेखि एक महिने बिदामा बस्ने तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेका छन्।

राष्ट्र निर्माता तथा नेपाली सेनाका संस्थापकको हैसियतमा निर्माणधीन सैनिक मुख्यालयको अगाडि स्थापना गरिएको शालिकको प्रधानसेनापति क्षत्रीले बिहीबार बिहान अनावरण गरे।

नेपाल एकीकरण अभियानको सुरुवातमै गोरखाली राजा पृथ्वीनारायण शाहले सेनाका ५ वटा पल्टनको निर्माण गरेका थिए। नेपाली सेनाको प्रारम्भविन्दू तिनै ५ गणलाई मानिन्छ।

पृथ्वीनारायण शालिक अनावरण गर्दै प्रधानसेनापति क्षेत्री

पृथ्वीनारायण शालिक अनावरण गर्दै प्रधानसेनापति क्षेत्री

नेपाली सेनाका संस्थापक भएपनि नेपाली सेनाको सालिक यसअघि जंगी अड्डामा राखिएको थिएन। सेनाले ब्यारेकहरुमा चाहिँ पृथ्वीनारायण शाहको उपदेश प्रयोग गर्दै आएको छ।

नेपाली सेनाको संस्थापक शाहको सालिक अनावरण कार्यक्रममा नेपाली सेनाका छत्रमानसिंह गुरुङ बाहेक सबै जीवित पूर्व प्रधानसेनापतिहरु उपस्थित थिए।

क्षत्री अघिका पूर्वप्रधानसेनापति गौरब शमशेर जबरा, रुक्माङ्गद कटवाल, प्यारजङ्ग थापा, प्रज्वल्ल शमशेर जबरा, अर्जुननरसिँह राणा अनावरणमा सहभागी थिए।

अनावरण कार्यक्रममा पूर्व प्रधानसेनापतिका अलावा क्षेत्रीका उत्तराधिकारी बन्न लागेका बलाध्यक्ष रथी पूर्णचन्द्र थापापनि सहभागी थिए।

‘एकताका प्रतिक, हाम्रा राष्ट्र निर्माता तथा नेपाली सेनाका संस्थापक बडामहाराज पृथ्वी नारायण शाहको पूर्ण कदको स्मारक जंगी अड्डामा सगर्व स्थापना गरियो’ सालिक अनावरणपछि सामाजिक सञ्जालमार्फत् प्रधानसेनापति क्षत्रीले भनेका छन्, ‘शताब्दी पहिले बडामहाराजले हामीलाई सुम्पिबक्सेको राष्ट्रको संरक्षण र संबर्धन गर्ने प्रतिज्ञा नेपाली सेनाका समस्त सकलदर्जाहरु गर्दछौं।’

पृथ्वीनारायण शाहको शालिक

पृथ्वीनारायण शाहको शालिक

प्रधानसेनापति क्षेत्रीले बलाध्यक्षरथी पूर्णचन्द्र थापालाई आजै कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड हस्तान्तरण गर्दैछन्।

प्रकाशित २४ साउन २०७५, बिहिबार | 2018-08-09 16:44:31
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।