डा. केसीको मुटुमा गम्भीर समस्या, श्वास फेर्न पनि अप्ठेरो


Infocus



डा गोविन्द केसी
डा गोविन्द केसी

जुम्लामा अनशनरत डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको र श्वासप्रश्वासमा समेत कठिनाई उत्पन्न भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

डा. केसीको मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक विटेस देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

केसीलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि चौबीसै घण्टा अक्सिजन दिइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उनलाई छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या देखिएको छ ।

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए। ‘यो सुविधा अस्पतालमा छैन’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनरत डा. केसीको अवस्थाप्रति सरकार गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशैभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकाका सेवा ठप्प पार्ने जनाएको छ। डा. केसीको जीवन रक्षा र माग पुरा नभए अनिश्चित कालिन स्वास्थ्य संस्था हड्ताल गर्ने चिकित्सक संघले चेतावनी दिएको छ।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 21:55:44
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं