Exclusive

खाद्य संस्थानको जग्गामा निर्माणाधीन भवनमा रोक



काठमाडौँ महानगरपालिकाको कार्यालय
काठमाडौँ महानगरपालिकाको कार्यालय

नक्सा स्वीकृत नगरी निर्माण कार्य शुरु गरेको र बक्यौता रकम नबुझाएका कारण नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा निर्माण भइरहेको भवनको निर्माण कार्यमा रोक लगाइएको छ।

नियम विपरीत निर्माण कार्य गरेकाले काठमाडौं महानगरपालिकाले निर्माण कार्यमा रोक लगाएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्सा स्वीकृत गर्नुपर्ने व्यवस्था छ। नक्सा विपरीत निर्माण भइरहेको मात्र होइन खाद्य संस्थानले कामपालाई रु सात करोड कर शीर्षकको बक्यौता रकम पनि तिर्न बाँकी छ। बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्सा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरेको छ। 

कामपा–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले भने,'अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन हो। अहिले रोक्का गरिएको उक्त भवनले करीब सात रोपनी क्षेत्रफल ओगटेको छ।' उक्त विषयलाई लिएर वडा र संस्थानका अधिकारीबीच पटक पटक छलफल भइसकेको छ। छलफलमा संस्थानका अधिकारीले कर तिर्ने रकम आफूहरुसँग नभएको बताउँदै आएको छ।रासस

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 21:47:03
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।