Exclusive

अपाङ्गता भएका व्यक्तिको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक



सार्वजनिक सेवा दिने कार्यालयमा सांकेतिक भाषा (दोभाषे) को व्यवस्था गर्नुपर्ने, सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकतामाथि पेरवी गरिएको ‘अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार अवस्था राष्ट्रिय प्रतिवेदन, २०७५ सार्वजनिक भएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको सो प्रतिवेदनको आज आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको वृत्ति विकास र सहज जीवनयापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउएका छन्।

उनले अपाङ्गता भएका व्यक्तिमा पनि खासगरी महिला र बालबालिकाको स्थिति निकै जटिल भएको हुँदा उनीहरुको समग्र विकासका लागि राज्यका साथै सरकारवालाले पनि त्यतिकै ध्यान दिनुपर्ने बताए। प्रतिवेदनमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचनाको व्यवस्था गर्नुपर्ने, राज्यको नीति निर्माण प्रक्रियामा सहभागी बनाई स्वावलम्बी र सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्न पहल गर्नुपर्ने सुझावहरु समेटिएका छन्। 

त्यसैगरी, बौद्धिक अपाङ्गता, अटिज्म, गम्भीर मस्तिष्क पक्षघात र मनोसामाजिक अपाङ्गता, बहुअपाङ्गता, स्पाइनल कर्ड इन्जुरी भएका, पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री, समावेशी शिक्षा र घरदैलो शिक्षाको प्रवद्र्धन गर्नुपर्ने सुझाव दिइएको छ। 

प्रतिवेदनमा राज्यका सबै निकायमा प्रकाशित, प्रसारित हुने सबै प्रकारका सूचना र जानकारीहरु ब्रेल, अडियो, ठूलो छापा तथा साङ्केतिक भाषासहित पहुँचयुक्त सर्वमान्य ढाँचामा प्रकाशन तथा प्रसारण गर्नुपर्ने, अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने, सवारी साधनमा ८० प्रतिशत छुट तथा आरक्षण सीटको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। 

अपाङ्गता भएका महिला र बालबालिकामाथि अत्यधिक मात्रामा यौनजन्य हिंसा, बलात्कार तथा घरेलु हिंसा, विवाह नभएका र विवाह गरी छोड्नेलगायतका महिला हिंसा प्रभावित भइरहेका तथ्यलाई ध्यान दिई अपाङ्गमैत्री प्रसूति कक्षको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।  

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 20:58:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।