Exclusive

शिक्षण अस्पतालका चिकित्सकद्वारा सडक आन्दोलनको घोषणा



जुम्लामा अनशनरत बरिष्ठ चिकित्सक डा. गोविन्द केसी कार्यरत शिक्षण अस्पतालका चिकित्सकहरुले सडक आन्दोलनको घोषणा गरेका छन्।



काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले डा. केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने जनाएका हुन्।

शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माईतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन्।

देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस् भनेर आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताए।

चिकित्सकहरुले वरिष्ठ चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन्। उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 19:28:24
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।