सुन तस्करी प्रकरणमा पत्रकार पक्राउ

कान्तिपुर होलिडेजमा सिलबन्दी


Infocus



फाइल फोटो
फाइल फोटो

सुन तस्करीको अनुसन्धानमा सूचना विभागको परिचयपत्र बोकेका एक जना पत्रकारसहित ३ पक्राउ परेका छन्।

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। 

प्रहरीले असार १६ मा नागढुङगाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि बुधबार केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो।

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले ३ किलो सुनसहित पक्राउ परेका भारतीय आरोपीलाई नख्खु र सुन्धारा कारागारमा भेटन गएपछि अधिकारी अनुसन्धानको दायरामा आएको बताए। उनका अनुसार कारागारमा भेटघाटमा लागि गएका अधिकारी सुन ओसार पसार गर्ने कार्यमा सक्रिय रहेको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको हो।

राजस्व अनुसन्धान विभागले ४ जनालाई नख्खु कारागार र महिलालाई केन्द्रीय महिला कारागारमा बन्दी बनाएको थियो।

सम्बन्धित खबर: ‘ठूला माछा’सँग भिडियो बयानः पुलिसका हाकिमको पर्दा फेर्दिएँ

‘नागढुङगाबाट बरामद सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकको परिचयपत्र बोकेका एक जनासहित ३ जनाविरुद्ध अनुसन्धान भइरहेको छ। घटना सोचेभन्दा फरक र गम्भीर छ। हामी काम गरिरहेका छौं,’ संयोजक पौडेलले बुधबार नेपालखबरसँग भने।

हिन्दूका प्रकाशक पवन थापा कुन्तलले अाफ्नाे पत्रिकाका तर्फबाट गणेशप्रसाद अधिकारी नाम गरेका कुनै व्यक्तिलार्इ सूचना विभागकाे प्रेस पासका लागि सिफारिश नभएकाे दाबी गरे।

अनुसन्धान टोलीले सोही घटनामा संलग्न रहेको आरोपमा दिनेश घिमिरे र दीपक श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो। वृत्त कमलपोखरीको हिरासतमा रहेका घिमिरेविरुद्ध सार्वजनिक अपराधमा बुधबार र वृत्त सिंहदरबारको हिरासतमा रहेका दीपक श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको हो।

सुन तस्करीको अनुसन्धानले तीब्रता पाएको बेला असार १६ मा भारततर्फ लैजादै गरेको तीन किलो ‘इमिरेटस गोल्ड’सहित प्रहरीले नागढुङगा नाकाबाट पाँच जनालाई पक्राउ गरेको थियो।

सम्बन्धित खबर: सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

सरकारले २०७४ चैत २० मा गृहका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय अनुसन्धान समितीलाई हवाईमार्ग भएर हुने सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानको जिम्मेबारी दिइएको छ। प्रहरीले बरामद गरेको सुन हवाईमार्गबाट तस्करी भएको आशंकापछि समितिले काठमाडौं प्रहरीसँग आवश्यक विवरण मगाएर अनुसन्धान गरिरहेको छ।

कान्तिपुर होलिडेजमा सिलबन्दी
अनुसन्धान टोलीले छानबिनमा तानिएर फरार भएका एकजना आरोपीको कारोबार सिलबन्दी गरेको छ। अनुसन्धानका लागि समितिको कार्यालयमा बोलाएका लाजिम्पाटस्थित एबल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजका सञ्चालक ठाकुरप्रसाद ढुंगाना फरार भएका छन्।

टोलीले केही दिनअघि बोलाएर बयान दिएका ढुंगानालाई साधारण तारेखमा राखेयता उनी सम्पर्कविहिन भएपछि उनको कारोबार बन्दगर्ने तयारी भएको हो। टोलीले अदालतको आदेश लिएर ट्राभल्सको कार्यालयमा सिलबन्दी गरेको हो।

 

सुन तस्करीमा नेपालखबरकाे निरन्तर फलाेअप

१. प्रहरीकाे 'अफ ट्रयाक' अनुसन्धानका अनुत्तरित प्रश्न

२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा

८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ

९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति

१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र

११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ

१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

१३. ६ वर्ष यताका सुन कान्डका पाेकाे फुकाउँदै समिति

१४. सुन तस्कर गोरे–प्रहरी संवाद अदालत पेश गरिने

१५. सुन प्रकरणकाे अदालती बहस: गोरेसँग डिआईजी, एसपीकै ‘क्लोज कनेक्सन’

१६. सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’

१७. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

१८. सिआईबी अपरेसन चलाउने, गाेरे विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहने

१९. साढे ३३ केजी सुन गायब प्रकरण: दुबईमा सुन किन्नेकाे विवरण पर्खंदै समिति

२०.  सुन तस्करलाई दिन खोजिएको ५० प्रतिशत सजाय छुटको निर्णय रद्द

२१. सुन प्रकरणमा संगठित अपराध एेन अाकर्षित हुन्छ कि हुँदैन?

२२. साढे ३३ केजी सुन बेपत्तापछि तस्कर गाेरेले यसरी दिएका थिए यातना (भिडियाे)

२३. सुन तस्करको पक्षमा बहस गर्न वकिलको तँछाडमछाड

२४. प्रतिवादी वकिलकाे बहस: चाचाजीलाई प्रहरीले पेस्तोल देखाए

२५. खुँखार सुन तस्कर गोरे पक्राउ

२६. मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

२७. गोरेको बयान बन्द इजालसमा

२८.  दुबईमा गोरेको आफ्नै कम्पनी

२९. गोरेद्वारा प्रहरीसँग मिलेर सुन तस्करी गरेको स्वीकार

३०. एसएसपी खत्रीको बयानः गोरेले मलाई सरुवा गरिदिन्छु भनेर धम्क्याउँथ्यो

३१. सुन तस्करीकाे जालाे : काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म

३२. अभियुक्त डा.डेभिडकाे बयान: हराएकाे साढे ३३ केजी सुनबारे गाेरे ग्याङसँग श्रृंखलाबद्ध छलफल

३३. झुम्का कारागार सरूवा माग्दै एसएसपी खत्री

३४. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

३५. गोरे, भुजुङ र छिरिङविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

३६. सुन तस्कर एमके अग्रवालको घरमा छापा, सुन र चाँदीका बिस्कुट र सिक्का बरामद

३७. आखिरीतिर ‘अपरेशन फ्लाइङ गोल्ड’, तर भेटिएन साढे ३३ किलो सुन

३८. अदालतमा सुन तस्करको बयानः लुकाउन खोज्दाखोज्दै देखियो ‘नेक्सस’

३९. आरके डायमण्ड र ज्वैलर्सको २८ करोडको धनमाल राष्ट्र बैंकलाई बुझाइयो

४०. काठमाडाैं ल्याइएका गाेरे गाेलघरमा

४१. थुनामा रहेका दिवेश लोहनी र सञ्जय राउतको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

४२. दिवेश लोहनीको टोली गोरेको ‘फेक इन्काउन्टर’ योजनामा थियो (अडियाे)

४३. गोरे हत्याका लागि एसएसपी लोहनीको निर्देशन: जहाँ भेट्यो त्यहीँ हान्देऊ

४४. सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

४५गाेरेका 'सेट्लर' तिवारी पनि प्रतिवादी

४६. कुख्यात हुन्डी कारोबारी पोद्दारको घरमा छापा

४७. सुन तस्करी अनुसन्धानमा तानिए व्यापारी विमल पोद्दार, मंगलबार साँझदेखि समितिको नियन्त्रणमा

४८. सुन तस्करीको पैसा बाजेकाे सेकुवामा लगानी: लोकप्रिय ब्रान्डको भविष्य अन्याेलमा

४९. सुन तस्करी प्रकरण: हुण्डी कारोबारी पोद्दारसहित ५ लार्इ संगठित अपराधमा मुद्दा

५०. सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

५१. सुनकाण्डको ‘अप्रेसन थिएटर’ अर्थात् कोठा नम्बर १०९


प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 16:14:54
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।