सम्पादकद्वयको राजिनामापछि सिरोहियाले भने: कान्तिपुरको सम्पादकीय नेतृत्व संक्रमणमा



अखिलेश उपाध्याय र सुधीर शर्मा
अखिलेश उपाध्याय र सुधीर शर्मा

नेपालको सबैभन्दा ठूलो प्रकाशन गृह कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुर र काठमाडौं पोष्ट दैनिकको सम्पादकीय नेतृत्व संक्रमणकालमा रहेको बताएका छन्।

कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा र काठमाडौँ पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएको जानकारी गराउँदै बुधबार अध्यक्ष सिरोहियाले नेतृत्व संक्रमणकालको चरणमा रहेको जनाएका हुन्।

व्यवस्थापन पक्षसँग केही असमझदारी रहेपछि प्रधान सम्पादकद्वय शर्मा र उपाध्यायले राजिनामा दिएका थिए र, मंगलबार नै उनीहरू समाचार कक्षमा आफ्ना सहकर्मीहरूलाई यसबारे जानकारी दिएर बाहिरिएका थिए।

बुधबार अध्यक्ष सिरोहियाले पब्लिकेसन्सका ब्यूरो प्रमुख र वरिष्ठ पत्रकारको बैठक बोलाएका हुन्, जहाँ उनले नयाँ सम्पादक घोषणा गर्ने अनुमान गरिएको थियो। कान्तिपुर दैनिकमा सम्पादक रहेका हरिबहादुर थापालाई मुख्य नेतृत्व दिइने अनुमान गरिएको थियो।

तर सिरोहियाले शर्मा र उपाध्यायले राजिनामा दिएको जानकारी दिए र नेतृत्व संक्रणमा रहेको बताए।

बुधबार दिउँसो कान्तिपुर व्यवस्थापन र बरिष्ठ तहका पत्रकारहरुसँगको छलफल लगत्तै शर्मा र उपाध्यायले राजिनामा दिएको ट्वीटरमार्फत् औपचारिक घोषणा गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण (५–१० असार) अघि व्यवस्थापनले भारतको टाइम्स अफ इण्डियाको मार्केटिङमा काम गरिसकेका रजनिश ऋषीलाई महाप्रबन्धकको रुपमा ल्याउन लागेको जानकारी सम्पादक शर्मालाई गराएको बुझएको छ। तर शर्मा र उपाध्यायले ‘यस्तो निर्णयले सम्पादकीय सर्वोच्चतामा असर पुर्‍याउन सक्ने’ भन्दै असहमति जनाएका थिए।

शर्मा र उपाध्याय ओलीको भ्रमण दलको सदस्यका रुपमा बेइजिङमै रहेका बेला व्यवस्थापनले पब्लिकेसन्सका उच्च तहका कर्मचारीलाई ऋषी महाप्रबन्धकको रुपमा आउने तय भइसकेको जानकारी गराएको थियो।

बेइजिङबाट फर्केपछि सम्पादकद्वयले ऋषीलाई व्यवस्थापनको उच्च तहमा ल्याउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेपनि व्यवस्थापन पक्ष त्यसमा सहमत नभएपछि उनीहरूले राजिनामा दिएका हुन्।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 15:18:34
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...