दक्षिण कोरियामा शक्तिशाली आँधी



दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ। मंगलबार जेजु टाँपुबाट सुरु भएको आँधी-तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो।

विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६ दशमलब ५ मिटरको हुरी चल्नुका साथै दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो। हुरी बतास र झरीका कारण केही व्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचार एजेन्सीले जनाएको छ।

आँधीका कारण समुद्र नजिक नजान र घरमा सावधानी अपनाउन सर्वसाधारणलाई जानकारी गराइएको थियो। कोरियाको दक्षिणी भेगमा रहेको विभिन्न शहर तथा ग्रामिण भेगहरुमा ठुलो वर्षाका कारण घरभित्रै पानी पसेको छ। यो वर्षको १८औं आँधीका कारण केही समयअघि क्यङजुलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएका घरहरुमा झनै असर परेको छ। त्यस्तै डुबानले गर्दा अन्डरग्राउन्ड पार्किङमा राखिएका गाडीहरु डुबेका छन्।

आँधीहुरी र झरीका कारण बुधबार स्थानीय विद्यालयहरुमा पठनपाठन भएन। जेजुमा ठुलो आँधीका कारण विधुतीय तारमा क्षति पुगेकाले ५२ हजार घरमा विद्युत आपुर्ती ठप्प छ। त्यस्तै जेजु र बुसानको हवाइ उडान समेत रद्ध हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पानी जहाज मार्ग पनि स्थगित गरिएको छ। कोरियाको तीव्र गतिको केटिएक्स रेल सेवा पनि तुफानका कारण रोकिएको सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित १९ असोज २०७३, बुधबार | 2016-10-05 17:39:19
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।