सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ




त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए।

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

NIC ASIA

सुन तस्करी अनुसन्धान गरिरहेको गृह सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको टोलीले अलीलाई शुक्रबार बागबजारबाट पक्राउ गरेको हो।

यसअघि पक्राउ परेका अकबर शाहको बयान एवं भारत सम्पर्क सूत्र केलाउने क्रममा अली पक्राउ परेको टोलीका एक सदस्यले नेपालखबरलाई बताए। ‘हुण्डी कारोबारी अलीले सुन तस्करीकाे लागि अवैध रूपमा रकम विदेश पठाउनेदेखि त्यस्ताे सुन भारत पुर्याउने सम्पर्क सूत्रकाे काम गर्दै आएको देखिएको छ।’

अनुसन्धान टोलीले असार ८ गते अकबर शाहलाई पक्राउ गरेको थियो। ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको स्रोतकाे दाबी छ। अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन्।

सम्बन्धित खबर: सुन तस्करीको पैसा बाजेकाे सेकुवामा लगानी: लोकप्रिय ब्रान्डको भविष्य अन्याेलमा

समितिको अनुसन्धानले सुन तस्करी र हुण्डीको कारोबार एकअर्कासँग जोडिएर हुने गरेको देखाएको छ। टोलीले गत मंगलबार कुख्यात हुण्डी कारोबारी विमल पोद्दारलार्इ पक्राउ गरेको थियो। उनी व्यवसायी दीपक मल्होत्राका व्यापारिक साझेदार हुन्। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलसँगै मल्होत्रा अहिले चीनमा छन्।

काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जोडिँदै आएका थिए। उनी पहिलो पटक पक्राउ परी अनुसन्धान दायरामा परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारको धन्दाबारे खुलाएका थिए। तर त्यतिबेला उनी पक्राउ परेनन्।

सम्बन्धित खबर: सुन तस्करी अनुसन्धानमा तानिए व्यापारी विमल पोद्दार, मंगलबार साँझदेखि समितिको नियन्त्रणमा

कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए।

इन्टरपोलबाट रेड नोटिस
सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका एमके मामा भन्ने मोहनकुमार अग्रवाल भने घटना अनुसन्धान सुरु भएयता फरार छन्। धरान(३, सुनसरीका स्थायी बासिन्दा अग्रवाल पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गरीएको छ। एमकेसहित उक्त काण्डका चार प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी गरिएको हो। चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध रेड नोटिस जारी गरेको हो।

सुन तस्करीमा नेपालखबरकाे निरन्तर फलाेअप

१. प्रहरीकाे 'अफ ट्रयाक' अनुसन्धानका अनुत्तरित प्रश्न

२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा

८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ

९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति

१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र

११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ

१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

१३. ६ वर्ष यताका सुन कान्डका पाेकाे फुकाउँदै समिति

१४. सुन तस्कर गोरे–प्रहरी संवाद अदालत पेश गरिने

१५. सुन प्रकरणकाे अदालती बहस: गोरेसँग डिआईजी, एसपीकै ‘क्लोज कनेक्सन’

१६. सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’

१७. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

१८. सिआईबी अपरेसन चलाउने, गाेरे विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहने

१९. साढे ३३ केजी सुन गायब प्रकरण: दुबईमा सुन किन्नेकाे विवरण पर्खंदै समिति

२०.  सुन तस्करलाई दिन खोजिएको ५० प्रतिशत सजाय छुटको निर्णय रद्द

२१. सुन प्रकरणमा संगठित अपराध एेन अाकर्षित हुन्छ कि हुँदैन?

२२. साढे ३३ केजी सुन बेपत्तापछि तस्कर गाेरेले यसरी दिएका थिए यातना (भिडियाे)

२३. सुन तस्करको पक्षमा बहस गर्न वकिलको तँछाडमछाड

२४. प्रतिवादी वकिलकाे बहस: चाचाजीलाई प्रहरीले पेस्तोल देखाए

२५. खुँखार सुन तस्कर गोरे पक्राउ

२६. मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

२७. गोरेको बयान बन्द इजालसमा

२८.  दुबईमा गोरेको आफ्नै कम्पनी

२९. गोरेद्वारा प्रहरीसँग मिलेर सुन तस्करी गरेको स्वीकार

३०. एसएसपी खत्रीको बयानः गोरेले मलाई सरुवा गरिदिन्छु भनेर धम्क्याउँथ्यो

३१. सुन तस्करीकाे जालाे : काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म

३२. अभियुक्त डा.डेभिडकाे बयान: हराएकाे साढे ३३ केजी सुनबारे गाेरे ग्याङसँग श्रृंखलाबद्ध छलफल

३३. झुम्का कारागार सरूवा माग्दै एसएसपी खत्री

३४. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

३५. गोरे, भुजुङ र छिरिङविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

३६. सुन तस्कर एमके अग्रवालको घरमा छापा, सुन र चाँदीका बिस्कुट र सिक्का बरामद

३७. आखिरीतिर ‘अपरेशन फ्लाइङ गोल्ड’, तर भेटिएन साढे ३३ किलो सुन

३८. अदालतमा सुन तस्करको बयानः लुकाउन खोज्दाखोज्दै देखियो ‘नेक्सस’

३९. आरके डायमण्ड र ज्वैलर्सको २८ करोडको धनमाल राष्ट्र बैंकलाई बुझाइयो

४०. काठमाडाैं ल्याइएका गाेरे गाेलघरमा

४१. थुनामा रहेका दिवेश लोहनी र सञ्जय राउतको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

४२. दिवेश लोहनीको टोली गोरेको ‘फेक इन्काउन्टर’ योजनामा थियो (अडियाे)

४३. गोरे हत्याका लागि एसएसपी लोहनीको निर्देशन: जहाँ भेट्यो त्यहीँ हान्देऊ

४४. सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

४५गाेरेका 'सेट्लर' तिवारी पनि प्रतिवादी

४६. कुख्यात हुन्डी कारोबारी पोद्दारको घरमा छापा

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 12:35:22
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।