भेरी बबई डाइभर्सन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न



प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ।

चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए।

टिविएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ। नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए। टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ।

अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ। बाह्र किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ।

‘यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,’ जनसम्पर्क अधिकारी श्रेष्ठले भने। अठचालिस मेगावाट विद्युत् उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो।

रु १० अर्ब ५६ करोडभन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। हाल सुरुङ मार्ग निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन्।

एउटा कामदारले मासिक रु २५ हजारदेखि रु ५० हजा सम्म पारिश्रमिक पाउने गरेका छन्। नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले दैनिक अवलोन गर्न आउनेको संख्या बढ्दै गएको छ। रासस

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 17:22:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...