मोरङको अरिहन्त काटन उद्योगको गोदममा भीषण आगलागी


Infocus


आगलागी
आगलागी

मोरङस्थित अरिहन्त काटन फ्याक्ट्रीको गोदाममा भीषण आगलागी भएको छ।

NIC ASIA

बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको अरिहन्त काटन फ्याक्ट्रीको एक गोदाममा गएराति करिव १० बजेबाट सल्किएको आगो बिहीबार विहान करिव ६ बजेतिर नियन्त्रणमा लिइएको हो। आगलागीमा परी गोदाममा राखिएको मेसिन, कच्चा पदार्थ र तयारी सामानहरु जलेर नष्ट भएको फ्याक्ट्रीका निर्देशक पंकजकुमार लुनियाले जानकारी दिए।

हंशराज जैन, पारश लुनिया र गिरिस लुनियाको स्वामित्वमा रहेको सो फ्याक्ट्रको गोदाममा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। आगो लागेको ५ मिनेटभित्रै स्थानीयको सहयोगमा आगो नियन्त्रणका लागि प्रयास गरिएको पनि निर्देशक लुनियाले बताए।

आगो नियन्त्रणका लागि पूर्वाञ्चलस्थित दमक, धरान, इटहरी, विराटनगरलगायतका दमकल प्रयोग गरिएको थियो।

आगलागी विद्युत सर्ट भई भएको हुन सक्ने आशंका गरिएको छ। आगो फैल्न नदिन उच्च सतर्कता अपनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। उनले फ्याक्ट्रीमा आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताए।

आगलागीबाट फ्याक्ट्रीका ६ वटा गोदाम प्रभावित भएका छन्। यो फ्याक्ट्रीबाट चाउचाउ, वियर, जुसलगायतका प्याकेजिङका काटन उत्पादन हुने गर्दछ।

आगलागीबाट फ्याक्ट्री परिसरमै रहेको महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 14:15:27
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...