भूकम्पले भत्काएकाे स्वास्थ्य केन्द्र अमेरिकी सहयाेगमा पुनःनिर्माण


Infocus



विनाशकारी भूकम्पले तीन वर्षअघि भत्काएको बाह्रबिसेस्थित स्वाथ्य केन्द्र अमेरिकी सहयोगमा पुनःनिर्माण भएको छ।

NIC ASIA

करिब १९ लाख अमेरिकी डलर (१९ कराेड रूपैयाँ) सहयोगमा स्वास्थ्य केन्द्र निर्माण भएको हो।

बुधबार एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लेजले संयुक्त रुपमा सो स्वास्थ्य केन्द्र उद्घाटन गरेका छन्।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत् सो केन्द्र पुनःनिर्माण गरिएकाे हाे। परियोजना अन्तर्गत दुई नयाँ भवन निर्माण भएका छन्। साविकको एउटा भवन जिर्णोद्धार गरिएको छ।

पूर्ण रुपमा स्वास्थ्यमन्त्रालयको मापदण्डमा निर्माण बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा १२ शय्या रहेका छन्। तीनतले सुविधासम्पन्न स्वास्थ्य केन्द्रबाट राम्चेल आसपासका करीब १ लाख १२ हजार जनता लाभान्वित हुने अपेक्षा छ। 'यूएस आर्मी क्रस अफ इञ्जिनीयरिङ’ मोडलमा बनाइने सो भवन पूर्णरूपमा अपाङ्गमैत्री छ। 

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 20:27:21
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...