बलात्कार आरोपमा गुण्डा नाइके स्याल पक्राउ

प्रहरीले गुण्डा नाईके सञ्जिव लामा स्याललाई बलात्कार आरोपमा मंगलबार पक्राउ गरेको छ।

काभ्रेका लामाले आफ्नै रेष्टुरेन्टमा कामगर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरीपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गले लामालाई पक्राउ गरेको हो।

लामा सञ्चालक रहेकाे दरबारमार्गस्थित नोला रेष्टुरेन्टमा कामगर्ने युवतीले आफुलाई बलात्कार गरेको जाहेरी वृत्तमा दिएकी हुन्। प्रहरीले घटनास्थल मुचुल्का र युवतीको स्वास्थ्य जाँच लगायतका प्रक्रिया पुरा गरेको छ।

वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले घटनाकाे पुष्टिगर्दै प्रारम्भीक अनुसन्धान पुरा भएकाे बताए। 

नेपाली कांग्रेस निकट रहेका लामा पक्राउ परेपछि कांग्रेस र नेकपाका नेताहरुले उनलाई छुटाउन दवाब दिईरहेका छन्। काठमाडौं प्रहरीले २०७० देखि पटक–पटक पक्राउ गरेका लामा कहलिएका गुण्डा हुन्।

प्रकाशित 2018-06-13 20:19:32